pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजनामा बिकास घर शिखरकोटमा समुदायमा आधारित पुनर्स्थापना(सि.बि.आर) कार्यक्रम अन्तर्गत अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
अपाङ्ग समन्वय समिती थाहा नगरपालिकाका अध्यक्ष मनलाल गोपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ न वडाका अध्यक्ष बम बहादुर सिन्तान,३ का अध्यक्ष हिरेन्द्र रायमाझी ५ का बिष्णु बहादुर गुरुङ,कार्यपालिका सदस्यहरु पबित्रा सिंह ठकुरी कार्की,रितु कार्की,वडा सदस्यहरु,महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्ग कार्ड बितरण शाखा प्रमुख प्रतिमा मोक्तान ,सामी प्रोजेक्टका सहजकर्ता मेलिना खत्री,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी,अपाङ सरोकार जिल्ला उपाध्यक्ष पार्वती पौडेल,लगायतका उपस्थिति रहेको कार्यक्रमलाई अपांग सरोकार मन्च  मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडी र राष्ट्रिय अपाङ महासंघ प्रदेश व्यवस्थापन सहजकर्ता सीता मल्ल ठकुरीले सहजीकरण गरेका थिय।
थाहा नगरपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा अपाङ्गता हुने कारण ,वर्गीकरण तथा मान्यता सम्बन्धि जानकारी गराइयको थियो।
कार्यक्रममा अपाङ्गता निर्मुल गर्न नसकिने तर ब्यबस्थापन गर्न सकिने,अपाङ्गता शारीरिक अङ्गमा आएको बिचलन मात्र नभै ,सामाजिक अवरोधको परिणाम भएको हुदा ,अपाङ्ग भएको ब्यक्तीको सफलता र शुखद जिवनयापन गर्न गराउन समाज बाधक हुन नहुने गर्न गराउन नहुने तथा अपाङ्गता भएका ब्यक्तिहरुलाइ प्रयोग गरिने मर्यादित शब्दहरुको बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुको गुनासो नीति तथा कार्यक्रममा राखी शिपमुलक,आयमुलक तालिम तथा सामाग्री प्रदान गर्न नगरपालीका समक्ष माग राखेका थिय।
कार्यक्रममा सहभागी जनप्रतिनिधि हरुले राज्यले दिने सेवा सुबिधा लाई निरन्तरता दिदै शारीरिक अपाङ्गता भएका ब्यक्तिलाइ आत्मनिर्भरता बनाउन,शिपमुलक  कार्यक्रमहरु नीति तथा कार्यक्रम मा स्थान दिने प्रतिबद्धता ब्यक्त गरेका थिए।

कार्यक्रमको अवसरमा थाहाका तीन जनाको लागि कृतिम खुट्टा तथा २ जनाको निम्ति कृतिम हातको नाप लिएर निर्माण गर्न दिएको छ।

छिट्टै सम्बन्धित व्यक्तिलाई कृतिम हात खुट्टा बनेर आएपछि हस्तान्तरण गरिने नगर संयोजक मनलाल गोपालीले जानकारी दिए।

FB_IMG_1718458555193-1718458572.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...