jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अखिल क्रान्तिकारी द्वारा मामाघरलाई स्टेसनरी

1747305383254-1747305538.jpg

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा ११ मा रहेको मामाघर नेपालमा आश्रितहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थी एकता दिवसको अवसरमा मामाघर नेपालमा आश्रितहरुको अध्ययनलाई सहयोग पु¥याउने उद्देश्यले स्टेसनरी सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बुद्धराज अर्यालले बताए ।
परिवार बिहीन भएका बालबालिकाहरुलाई आश्रय दिर्दै आएको मामाघर नेपालमा हाल २१ जना वालबालिकाहरु आश्रित छन् ।
२०७० सालमा स्थापना भएको मामाघर नेपालले आश्रय बिहीन बालबालिकाको संरक्षण, अध्ययन संगै बिभिन्न सीप सिकाई समुदायमा पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपाल को केन्द्रीय सदस्य ध्रुवराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल, जिल्ला सदस्य मिनेश पुडासैनी, प्रचण्ड बैज्यू, आयुश ठकुरी, ईश्वर ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
अखिल (क्रान्तिकारी) ले मामाघर नेपाललाई करिब १० हजार रुपैंया बराबरको कपी, कलम लगायत स्टेससनरी सामग्री हस्तान्तरण गरेकोे हो ।
बि.सं. २०२१ साल बैशाखको अन्तिम साता त्रिचन्द्र क्याम्पस विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, सबै राष्ट्रघाती र असमान सन्धिहरु खारेज हुनुपर्ने, स्वतन्त्र बिद्यार्थी युनियन स्थापनाको अधिकार बहाली गर्नुपर्ने, सम्पूर्ण बन्दी विद्यार्थीहरु बिनासर्त रिहा गर्नुपर्ने जस्ता माग राखेर आन्दोलन अघि बढाउने निर्णय भएको थियो । 
५ दिनसम्म चलेको सम्मेलन सम्पन्न भएको खुसीयालीमा जेठ १ गते विद्यार्थीहरुले प्रदर्शन भएको विशाल जुलुसमाथि तत्कालिन पञ्चायती ब्यवस्थाले जुलुसमाथि गरेको दमनका कारण बिद्यार्थी र प्रहरीबीच भिडन्त भयो । भिडन्तका कारण कैयौं विद्यार्थी र प्रहरी घाइते भए र १५० भन्दा बढी विद्यार्थीहरु गिरफ्तारीमा परे । त्यसपछि उपत्यकाव्यापी आम हडताल सुरु भयो । आन्दोलनको परिणाम स्ववियु स्थापना गर्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहा लगायतका अन्य माग पुरा गर्न तत्कालिन पञ्चायती सत्ता सहमत भयो । यसरी बिद्यार्थी आन्दोलनको जित भएको खुसियालीमा हरेक वर्ष जेठ १ गते विद्यार्थी एकता दिवशको रुपमा मनाइदै आएको छ ।

1747305386176-1747305538.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...