Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

 पूर्वी पहाड र पश्चिम तराईमा भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
आइतबारदेखि तीन दिनसम्म लगातार वर्षाको सम्भावना

DSC_0368-copy-1532841448.jpg

आइतबार पूर्वी पहाड र पश्चिम तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढीपहिरोबाट सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आइतबार पूर्वी नेपालको पहाडी क्षेत्र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुने संभावना छ। यी क्षेत्रमा अहिले पानी पर्न सुरु भइसकेको उनले बताए।

पूर्वी पहाडी क्षेत्रका पहिरो जोखिम भएका ठाउँ र पश्चिम तराई क्षेत्रका नदीखोला क्षेत्रका बान्दिाले सचेत हुनुपर्ने मौसमविद श्रेष्ठले बताए।शनिबार विज्ञप्ति जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि तीन दिनसम्म लगातार वर्षाको सम्भावना रहेको जनाएको छ।

तर मौसमविद् श्रेष्ठले भने तीन दिनसम्म निरन्तर भन्दा पनि यो तीन दिन वर्षाको संभावना रहेकाले त्यस्तो विज्ञप्ति जारी गरेको जानकारी दिए।महाशाखाको विज्ञप्तिअनुसार आइतबार मुलुकभर बदली भई देशभर वर्षाको सम्भावना छ भने सोमबार पनि मध्यम खालको वर्षा हुने अनुमान छ।

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।लगातारको वर्षाले देशका नदीहरूमा पानीको बहाव खतराभन्दा माथि रहन सक्ने भएकाले सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो।

शाखाका अनुसार आइतबार कन्काई, कमला, बाग्मती, कोशी, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।यस्तै मध्य भागको चुरे पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।

यसैगरी सोमबार पूर्व र मध्य भागको चुरे पहाडबाट बहने साना नदीमा बाढी आउने सम्भावना छ। पहिरो जान सक्ने स्थानमा सतर्कता अपनाउन पनि अनुरोध गरेको गरिएको छ। 
ःनेपाल खबरबाट साभार

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg