pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

‘रुपचन्द्रकै बाटो हिँड्दैछौं' - लवशेर विष्ट

FB_IMG_1768839700061-1770469434.jpg

म थाहा दर्शनका प्रणेता रूपचन्द्र विष्टकै परिवारको सदस्य भएको नाताले सानैदेखि उहाँको अभियानसँग जानकार थिएँ। राजनीतिक हिसाबले बुझ्न थालेको चाहिँ स्कुले शिक्षा पूरा गरेपछि हो। २०४९ सालको निर्वाचन हुँदादेखि उहाँसँग हिँड्न थालेको म‚ २०५१ सालको चुनावमा कार्यकर्ता नै भइसकेको थिएँ।

जस्तो सिद्धान्त‚ त्यस्तै व्यवहार उहाँको सोच‚ बोलीव्यवहार र तौरतरिकाले गर्दा एक किसिमको आकर्षण पैदा भएको थियो। मसहितका समवयी युवाहरू उहाँप्रति खिचिएका थियौं। एकाउन्न सालको चुनाव उहाँले दामन–पालुङ क्षेत्रबाट लड्नुभएको थियो। मलाई सम्झना छ‚ हामी सबेरै उठेर उहाँको चुनाव प्रचार कार्यालयमा भेला हुन्थ्यौं। उहाँले प्रचार प्रसारका लागि गाउँ जान ५–६ जना सम्मिलित विभिन्न टोली बनाउनुहुन्थ्यो। तीनै टोलीमध्ये एउटाको नेतृत्व मैले गर्थें। प्रत्येकलाई केही खर्च पनि दिनुहुन्थ्यो। टोलीको सबैभन्दा सानो उमेरको सदस्यलाई ९०–९५ रुपैयाँ दिनुहुन्थ्यो‚ हामी अलिक ठूलालाई २०–२५ रुपैयाँ दिनुहुन्थ्यो। सकेसम्म जनताकै घरमा खानेबस्ने गर्थ्यौं‚ विपक्षीले बस्न नदिएको खण्डमा मात्रै त्यो रकम खर्च गरिन्थ्यो। फेरि‚ फर्केर आएर उहाँलाई हिसाब बुझाउनुपर्थ्यो। जतिजति उहाँसँग उठबस हुँदै गयो‚ उतिउति उहाँप्रतिको सद्भाव गहिरो हुँदै गयो। मूलतस् मलाई प्रभावित पारेको उहाँको सिद्धान्त र व्यवहारबीचको एकरुपताले हो।

सबै दलका सिद्धान्त हुन्छन्‚ सिद्धान्त नै नभएको कुनै पार्टी हुँदैन। सबैले सिद्धान्त फलाक्छन्‚ तर व्यवहारमा तालमेल देखिँदैन। रुदानेको त्यस्तो थिएन। सिद्धान्त र व्यवहार एकै थियो। हुने खाने परिवारबाट आए पनि उहाँमा त्यसको छाप कहिल्यै देखेनौं। जहिल्यै जनताको बीचमा रहन रुचाउनुभयो। जनता जगाउनमै जीवन अर्पिनुभयो। त्यसकारण‚ हामी युवाहरू राजनीतिक रुपमा उहाँसँग गहिरो गरी प्रभावित भएका थियौं। थाहा दर्शन पठनपाठन हुने व्यवस्था गर्दैछौं संयोगले‚ आज म थाहा नगरपालिकाको प्रमुख छु। रुपचन्द्र नै बन्न नसकौँला‚ तर उहाँलाई जीवन्त राख्न हरसम्भव कोशिश गरेका छौं। थाहा नगरपालिकाको नाम नै उहाँले चलाएको थाहा अभियानको कदरस्वरुप राखिएको हो। त्यसका अलावा‚ हामीले थाहा दर्शनमा आधारित रही विद्यालय शिक्षाको पाठ्यक्रम विकास गरिराखेका छौं। कोभिड–१९ को महामारीका कारण चालु शैक्षिक सत्रमा लागू गर्न सकेनौं‚ आगामी शैक्षिक सत्रबाट ऐच्छिक विषयका रुपमा थाहा नगरका विद्यालयहरूमा थाहा दर्शनको पठनपाठन थाल्ने हाम्रो योजना छ। उहाँबाट एउटा जनप्रतिनिधिले अनुसरण गर्ने भनेकै पारदर्शिता र जवाफदेहिता हो भन्ने मेरो बुझाइ छ।

हामीले त्यसको अधिकतम् कोशिश गरिराखेका छौँ‚ मूल्यांकन जनताले गर्ने कुरा हो। उदाहरणका लागि‚ हाम्रो कोभिड–१९ को हिसाबकिताब सञ्चालन विधिलाई नै हेर्न सक्नुहुन्छ। कोरोना कोषको हिसाबकिताब दिनदिनै सार्वजनिक गर्छौं हामीले कोरोना महामारी रोकथाम तथा नियन्त्रण समिति गठन गरेका छौं। यो समितिले दिनहुँ कहाँ कति खर्च भयो‚ कहाँ–कहाँबाट कति सहयोग प्राप्त भयो‚ कति आरडिटी वा पिसिआर गरियो‚ क्वारेन्टाइनमा कति मानिस थपिए‚ निरोगिताको प्रमाणपत्र पाएर कति मानिस क्वारेन्टाइनबाट घर गए‚ यी सबै कुराको विवरण राख्छ। ती विवरण हामी दैनिक रुपमा प्रकाशन गर्छौं। दैनिक रुपमा प्रधानमन्त्रीको कार्यालय‚ मुख्यमन्त्रीको कार्यालय‚ स्वास्थ्य मन्त्रालय‚ सामाजिक विकास मन्त्रालय‚ सिडिओ कार्यालय‚ प्रेस सबैलाई इमेल गर्छौं। बत्ती गयो वा इन्टरनेटमा समस्या देखियो भने भोलिपल्ट पठाउँछौं। यसरी हामीले हाम्रो हिसाबकिताब र क्रियाकलापलाई पारदर्शी बनाउने कोशिश गरेका छौं। यो सबै हामीले रुपचन्द्रबाटै सिकेका हौं।

त्यस्तै अभ्यास हामीले बजेट बनाउनेदेखि लागू गर्नेसम्मका क्रियाकलापमा लागू गर्छौं। रुदानेसँग सहकार्य गरी खारिनुभएका ज्येष्ठ नागरिकहरू थाहा नगरमा अझै हुनुहुन्छ। कतिपय कुरा उहाँहरूसँग पनि सिक्छौं। अहिले कोभिड–१९ ले अप्ठ्यारो पार्‍यो‚ अन्यथा कोठे छलफलबाट होइन‚ ठूल्ठूला भेला आयोजना गरेर विकासनिर्माण तथा बजेट सञ्चालनसम्बन्धी छलफल चलाउँछौं। रुदानेबाट जनप्रतिनिधिले धेरै कुरा सिक्न सक्छन् रुदानेबाट जनप्रतिनिधिले सिक्नुपर्ने धेरै कुराहरू छन्। मूल कुरा सिद्धान्त र व्यवहारबीचको तादम्यता नै हो। उहाँ सिंगो जगतको भलो गर्ने नीति धर्मनीति र सिंगो मानव समुदायको भलो गर्न अपनाइने नीति राजनीति हो भन्नुहुन्थ्यो। राजनीति गर्नेले जनतालाई केन्द्रमा राख्नुपर्छ भन्नुहुन्थ्यो। उहाँ जहिल्यै जनमुखी‚ जवाफदेही‚ पारदर्शी र मितव्ययी रहनुभयो। त्यो निस्शन्देह अनुकरणीय छ। उहाँलाई सम्झँदा पनि एक किसिमको उर्जा प्राप्त हुन्छ। अर्को‚ उहाँको सादा जीवन। माननीय भएका बेला पनि उहाँ हाते माइक बोकेर गाउँगाउँ डुल्नुहुन्थ्यो। आजकलको जस्तो तामझाम हुन्नथ्यो‚ ठूलाबडाले मात्रै बोल्ने भन्ने हुन्नथ्यो। गाउँको सबैभन्दा गरिबलाई मञ्चमा बसाल्नुहुन्थ्यो‚ हातमा माइक थमाइदिएर आफ्नो कुरा निर्धक्क राख्न भन्नुहुन्थ्यो। उनीहरूले आफ्नो कुरा राख्थे पनि। चुनाव प्रचारमा जाँदा पनि सकेसम्म विरोधीको घरमा बस्न रुचाउनुहुन्थ्यो। कहिँकतै फरक दलको झण्डा देखियो भने आज यही घरमा बसौं भन्नुहुन्थ्यो। घरकी महिलालाई सोध्नुहुन्थ्यो‚ ‘तिम्रो श्रीमान् हिजोसम्म जनमुखी राजनीतिमा थियो‚ आज पोइल गएछ। यसबारे तिमीले के सोचेकी छ्यौरु’ जनताकै घरमा खानेबस्ने गर्नुहुन्थ्यो। मकै–भटमास खायो‚ सकेको काम गरिदियो‚ अनि अर्को गाउँमा गयो‚ त्यस्तो हुन्थ्यो। उहाँको चुनाव लड्ने शैली कहिल्यै खर्चिलो भएन। त्यो हाम्रा लागि अनुकरणीय छ।

सत्तामा हुँदा वा नहुँदाको अवस्थामा उहाँको सक्रियतामा कुनै असर देखिएन‚ निरन्तर छाप्रे जगाउने अभियानमा लागिरहनुभयो। सुरूदेखि अन्त्यसम्म‚ उहाँमा कहिल्यै कुनै विचलन देखिएन। त्यो ठूलो कुरा हो‚ त्यसले नै रुपचन्द्रलाई रुपचन्द्र बनाएको हो। उहाँ बितेको दुई दशकपछि पनि हामी उहाँको बारेमा चर्चा गर्दैछौं‚ किनभने उहाँका केही खास विशेषता थिए। जनता जगाउने कार्यमा उहाँले गर्नुभएको तप वा साधना नै उहाँको विशेषता हो। प्रशंसामात्र होइन‚ अनुसरण पनि गरौं रुदाने जनप्रतिनिधि रहँदाताका र अहिले हामी जनप्रतिनिधि भएको बेलामा केही भिन्नता त अवश्य आए होलान्। तर‚ राजनीतिको आधारभूत कुरामा भिन्नता आउनुहुँदैन भन्ने लाग्दछ। राजनीति लोककल्याणका लागि गरिन्छ। तसर्थ हरेक राजनीतिक तथा प्रशासनिक क्रियाकलाप पारदर्शी हुनुपर्छ।

रुदानेको सम्मान गर्ने भनेको उहाँको प्रशंसा गर्ने मात्रै होइन‚ अनुसरण पनि गर्नुपर्छ। जनप्रतिनिधिले वा हामी सबैले जति सकिन्छ स्वयंलाई उहाँले देखाएको बाटोमा रुपान्तरण गर्न सकेमात्र उहाँलाई सच्चा सम्मान गरेको ठहरिन्छ। अन्यथा‚ वर्षको एकदिन मात्र सम्झना गर्दा कर्मकाण्ड वा श्राद्ध गरेजस्तो ठहरिन्छ। समाज परिवर्तनमा त्यसले कुनै योगदान गर्दैन। त्यसैले‚ उहाँको गुणलाई बुझौं‚ जति सकिन्छ आफूमा लागू गर्ने कोशिश गरौं। त्यो नै रुदानेप्रतिको सच्चा सम्मान हुनेछ।

(रुदानेको स्मृति दिवसको सन्दर्भ पारेर थाहा नगरपालिकाका प्रमुख विष्टसँग गरिएको कुराकानीमा आधारित याे सामग्री हामीले थाहाखबर डटकमबाट साभार गरेका हाैं)
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...