Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

राजनीति

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय

FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले विशेष भेला तथा ‘उज्यालो संवाद’ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमसँगै सोलाभन्ज्याङको सिंगो गाउँ नै उज्यालो नेपाल पार्टीमय बनेको छ ।
​कार्यक्रमबारे जानकारी गराउँदै उज्यालो नेपाल पार्टी भीमफेदी पालिका कमिटी सदस्य प्रबिन गोम्जाले ‘उज्यालो संवाद’ मार्फत स्थानीय बासिन्दामाझ पार्टीको विचार र एजेण्डा पुगेपछि सिङ्गो गाउँ नै उज्यालोमय बनेको र उत्साहजनक सहभागिता देखिएको बताउनुभयो ।
​समृद्धिको मार्गचित्र र हरित क्रान्तिमा जोड
​आयोजित कार्यक्रममा अतिथि तथा वक्ताहरूले उज्यालो नेपाल पार्टीको समृद्धिको स्पष्ट मार्गचित्र र ‘हरित क्रान्ति’ (Green Revolution) का अवधारणाबारे स्थानीयलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रमका क्रममा नयाँ सदस्यहरूलाई सदस्यता वितरण, पार्टीको नीति तथा दृष्टिकोणबारे प्रशिक्षण र वैचारिक अन्तरक्रिया समेत गरिएको थियो ।
संवाद मार्फत ​राजकुमार गोम्जाको अध्यक्षतामा ९ सदस्यीय सोलाभन्ज्याङ टोल कमिटी गठन गरिएको छ । गठित टोल कमिटीको अध्यक्षमा राजकुमार गोम्जा र सचिवमा सबिना घिसिङ चयन हुनुभएको छ ।
​यसैगरी, वडास्तरीय गतिविधि र समन्वयका लागि वडा प्रतिनिधिहरूको समेत छनोट गरिएको छ । जसमा सुशिला घिसिङ, नरेश तामाङ, प्रशान्ति लामा, सोमबहादुर पाख्रिन, र सुनिता प्रजा लगायत चयन हुनुभएको छ ।
​​कार्यक्रममा उज्यालो नेपाल पार्टीका बागमती प्रदेश कमिटी सदस्य बद्री स्याङतान, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष अस्लामी, पालिका कमिटी सदस्यहरू राजिब तामाङ, प्रबिन गोम्जा, र दिनेश राना मगर लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
​स्थानीय स्तरमा प्रत्यक्ष संवाद, टोल कमिटी विस्तार र वडा प्रतिनिधि छनोटसँगै भीमफेदीमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg