Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

‘बेरोजगारलाई रोजगारी, वडाबासीलाई सुविधा’

FB_IMG_1678800359965_1-1678803688.jpg

 

‘बेरोजगारलाई रोजगारी, वडाबासीलाई सुविधा’
नगरपलिकाको विकट मानिने वडामा जसोतसो सडक खनिए पनि त्यसैमाथि खोलो बग्दा मोटर गुड्नु त के, मानिसलाई पनि हिँड्न सास्ती थियो । वडाको यो दुःख प्रधानमन्त्री रोजगार कार्यक्रमले सुखमा बदलिदिएको छ।

1670219758976-1678688574.jpg

मकवानपुरस्थित थाहा नगरपालिकाको वडा नम्बर ५ मा दर्जनभन्दा बढी सडक खुलेका छन् । सडक खुले पनि नालीको समस्याले हरेक वर्षायाम दुखद बनिरहेको थियो । नगरपलिकाको विकट मानिने वडामा जसोतसो सडक खनिए पनि त्यसैमाथि खोलो बग्दा मोटर गुड्नु त के, मानिसलाई पनि हिँड्न सास्ती थियो । वडाको  यो दुःख प्रधानमन्त्री रोजगार कार्यक्रमले सुखमा बदलिदिएको छ ।

वडाका ३० जना बेरोजगार व्यक्तिहरुले १०० दिन लगाएर वडा नम्बर ५ को झम्केश्वरी–फुर्केवसन्त–डाँडागाउँ–सिरानघर–मयलभन्ज्याङ सडक, वडा कार्यालय–दुर्गादेवी आधारभूत विद्यालय–तसर सडक र वडा कार्यालय–सानोफाकल–केराघारी टोल सडक मर्मत गरेका छन् । वडा अध्यक्ष विष्णुबहादुर गुरुङका अनुसार बेरोजगार श्रमिकहरुले ती सडकहरुको नाली खन्ने, खाल्डाखुल्डी पुर्ने, सफा गर्ने, पहिरो पन्छाउनेजस्ता काम गरेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार प्रत्येक वर्षको फागुन महिनामा बेरोजगार व्यक्तिहरुले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन वडा कार्यालयमा आवेदन गर्नुपर्ने प्रावधान छ । 

अहिले सडक ‘क्लियर’ भएपछि ती सडकहरुमा साना–ठूला सवारी चल्न थालेका छन् । ‘पहिले मोटरसाइकल, स्कुटर लैजान पनि अप्ठेरो हुन्थ्यो, अहिले त सामान ढुवानी गर्ने गाडीसमेत मज्जाले चल्छ’ झम्केश्वरी–फुर्केवसन्त–डाँडागाउँ–सिरानघर–मयलभन्ज्याङ सडकको पहिलेको दुःख सम्झँदै उपभोक्ता सुकदेव बिडारीले भने । थाहा नगपालिका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक सुमन गोपालीका अनुसार वडा नम्बर ५ मा बेरोजगार व्यक्तिहरुले ४४ किलोमिटर सडक मर्मत गरेर सजिलै मोटर गुड्न सक्ने बनाएका छन् ।

गाउँको सडकमा मोटर गुड्ने भएपछि गाउँलेलाई निकै सुविस्ता भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम नभएको भए झम्केश्वरी बाटोमा अहिलेसम्म मोटरसाइकल गुड्न सक्ने थिएन, वडा कार्यालय नजिकैको सडकमा पहिरो पन्छिने पनि थिएन’ स्थानीय बाबु लामाले भने – ‘बेरोजगारलाई रोजगारी मिल्यो, वडाबासीलाई सुविधा ।’

थाहा नगरपालिकाको वडा नम्बर ५ मा चालु आर्थिक वर्षका लागि गत वर्ष ६० जना बेरोजगार व्यक्तिहरुले फाराम भरेका थिए । उनीहरुमध्ये प्राथमिकता क्रममा रहेका ३० जनाले न्यूनतम रोजगारी पाएका हुन् । उनीहरुको न्यूनतम रोजगारीको लागि वडा कार्यालयले सडक मर्मत आयोजना छनोट गरेको थियो । छनोटमा परेका बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गरेर पारिश्रमिक भुक्तानसमेत भइसकेको थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले बताए ।

नेगीका अनुसार यस वर्ष थाहा नगरपालिकामा ४५ जना बेरोजगारहरुका लागि संघीय सशर्त अनुदान आएको छ । ४५ मध्ये ३४ जनालाई पारिश्रमिकमा आधारित आयोजनाहरुमा खटाएर रकम भुक्तान गरिसकेको र बाँकीले काम गरिरहेको रोजगार सेवा केन्द्रले जनाएको छ ।

३४ मध्ये वडा नम्बर ४ मा १ जनाले र वडा नम्बर २ मा ३ जनाले सामुदायिक आयोजनामा काम गरेर न्यूनतम रोजगारी पाएका छन् । वडा नम्बर ४ मा १ जना बेरोजगारले नयाँगाउँस्थित गणेशढुंगा जाने बाटो खनेका छन् । पर्यटकीय क्षेत्र भएर पनि यात्रीलाई पैदलमा समस्या भएपछि वडा कार्यालयले गणेश ढुंगा पदमार्ग मर्मत तथा सुधार आयोजना छनोट गरेको थियो । अहिले त्रिभुवन राजपथको सुनगाभा होटलबाट बेरोजगार व्यक्तिले निर्माण गरेको सिँढी चढेर सजिलै गणेश ढुंगा पुग्न सकिने थाहा नगरपालिकाका रोजगार सहायक विरजकुमार भुजेलले बताए ।

थाहाको वडा नम्बर २ गैरीगाउँमा भने बेरोजगारहरुले गोरेटो बाटो मर्मत् गरेका छन् । एक जना व्यक्ति हिड्न पनि अप्ठेरो गोरेटोलाई चौडा पारेर सुविस्ताले हिँड्न सक्ने बनाइएको छ । बेरोजगारहरुले हाते औजारको प्रयोग गरेर मर्मत गरेको गोरेटोको केही भागमा वडा कार्यालयको बजेटबाट सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरेर पक्की बनाइएको छ । सो गोरेटोबाट ऐतिहासिक पर्यटकीय क्षेत्र आकाशदेवी पुग्न र स्थानीय बासिन्दालाई जङ्गल जानसमेत सजिलो भएको वडा सदस्य युवराज विष्टले बताए ।

वडा नम्बर २ कै भोटखोरियामा भने एक जना बेरोजगार व्यक्तिले सामुदायिक भवन नै निर्माण गरेका छन् । वडा कार्यालयसँगको सहकार्यमा अन्य दक्ष तथा अदक्ष कामदारसँगै रोजगार सेवा केन्द्रले एक जना बेरोजगार व्यक्तिलाई खटाएको हो । बेरोजगार व्यक्तिको भुक्तानी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हुने र अन्य खर्च वडा कार्यालयबाट हुने वडा अध्यक्ष बमबहादुर सिन्तानले बताए । सिन्तानका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको सहकार्यमा वडा नम्बर २ को देउरालीमा करिब डेढ सय मिटर लामो गोरेटोमा सिँढी बनाएर स्लाब ढलान गरिएको छ ।

थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर विष्टले नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताए । ‘बेरोजगार व्यक्तिहरुले काम र दाम दुवै पाएका छन् । थोरै बजेट र श्रमबाट हुने कामका लागि यो कार्यक्रम निकै सहयोगी भएको छ ।’ आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहबीच समन्वय गरेर अझ धेरै काम गर्ने उनले बताए ।

थाहा नगरपालिकामा यस वर्षका लागि १०८ जना बेरोजगारहरुले फाराम भरेका थिए । अहिले आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीका लागि फाराम भर्ने काम चलिरहेको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार प्रत्येक वर्षको फागुन महिनामा बेरोजगार व्यक्तिहरुले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन वडा कार्यालयमा आवेदन गर्नुपर्ने प्रावधान छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले बेरोजगार युवाहरुलाई सरकारको न्यूनतम रोजगारको कार्यक्रममा जोड्न र उनीहरुका लागि समुदामा आधारित योजना छनोट प्रक्रिया र आधारहरुका बारेमा जनप्रतिनिधि तथा वडा सचिवहरुलाई अभिमुखीकरण गरिएको बताए ।आगामी चैत महिनाको पहिलो साता आ. व. २०८०।८१ का लागि बेरोजगारहरुको सूचीलाई अन्तिम रुप दिएर रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्ने नगरपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg