pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

थाहा नगरपालिकामा वातावरणमैत्री झोला निर्माण तालिम सम्पन्न, १७ जना महिलाको सक्रिय सहभागिता

FB_IMG_1749047252994-1749049900.jpg

मकवानपुरको थाहा नगरपालिकामा सञ्चालित ३० दिने वातावरणमैत्री झोला निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजना र थाहा नगरपालिका वडा नं. ३ तथा थाहा नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा थानाबजारमा सम्पन्न तालिममा १७ जना महिलाको सक्रिय सहभागिता रहेको थियो।

समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बिष्टले वातावरणमैत्री झोलाको बजारीकरणमा नगरपालिका सहयोगी भूमिका खेल्ने बताए। उनले प्लास्टिकजन्य पदार्थको विकल्पको रूपमा यस्ता झोलाको प्रयोगलाई प्रवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गर्दै, यस्तो सीपले महिला स्वरोजगारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

नगरप्रमुख बिष्टले प्रदेश सरकार, स्थानीय सरकार र उद्योग वाणिज्य संघबीचको सहकार्यबाट सीपमूलक तालिमहरु भए तापनि अपेक्षित दक्ष जनशक्ति उत्पादनमा कमी देखिएको टिप्पणी गर्दै अब व्यवहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखे। साथै, उनले वातावरणीय सरसफाइ र मानवस्वास्थ्यको दृष्टिले प्लास्टिकको विकल्पमा यस्ता झोला प्रभावकारी हुने बताए।

वडा नं. ३ का अध्यक्ष तथा थाहा नगरपालिका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीले सिकिएको सीप व्यवहारमा उतार्न आग्रह गर्दै स्वच्छ र समृद्ध नगर निर्माणमा सबैको सक्रियता आवश्यक रहेको बताए।

प्रशिक्षार्थीहरूको तर्फबाट बोल्दै नानू बिकले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न तयार रहेको बताउँदै आगामी दिनमा अझ गहिरो र प्राविधिक सीप सिकाउने अवसरको माग गरिन्।

कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जानकारी गराए।

तालिम समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शम्भु सिंह कार्की, प्रशिक्षक आरती श्रेष्ठ, र उद्यम विकास सहजकर्ता लेखमान राउतको समेत उपस्थिति रहेको थियो।
 तालिमले थाहा नगरपालिकामा वातावरण संरक्षण र महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

FB_IMG_1749047270530-1749049900.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...