Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

थाहा अचार उद्योगको उद्यमी महिलाहरूलाई अचार उत्पादनमा प्रविधि हस्तान्तरण

FB_IMG_1747755331256-1747755460.jpg

थाहा, मकवानपुर – थाहा नगरपालिकामा अचार उत्पादनमा संलग्न महिलाहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरी उनीहरूको सीप अभिवृद्धि र उत्पादन क्षमता वृद्धिमा सहयोग गरिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाले थाहा ३ घर्तिखोलामा रहेको थाहा अचार उद्योग महिला समुहका उद्यमीहरूलाई आधुनिक ड्राइ मेसिन,सिल मेसिन,कटर मेसिन सहित १ लाख ४० हजार रुपैयाँ बराबरको सामाग्री  प्रदान गरिएको हो।

स्थानीय महिला समूह  मार्फत अचार व्यवसायमा आबद्ध महिलाहरूले परम्परागत तरिकालाई प्रविधिसँग जोड्दै व्यवसायिकरूपमा विस्तार गर्ने लक्ष्य लिएका छन्। “पहिले घरायसी तरिकाले अचार बनाउँथ्यौं, अब भने मेशिनको प्रयोग, सही नापजाँच र गुणस्तरको आधारमा उत्पादन गर्न सिक्यौं,” थाहा नगरपालिका–३ की यशोदा कार्कीले भनिन्।

प्रविधी पाएपछि समुहकी सानू तामाङ मोक्तानले “प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर कायम गर्न सजिलो हुने र महिलाहरूलाई स्वावलम्बी बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने लक्ष्य लिएको बताइन।”

प्रविधी हस्तान्तरण गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलताको प्रसंशा गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले प्रविधि हस्तान्तरण कार्यक्रमले थाहा अचार उद्योगको अचार व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको बताए।
कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,मेड्पाका सुनिता बुढा क्षेत्री,मेड्पाका फोकल पर्सन अस्मिता तिवारी लगायत थाहा अचार उद्योगका महिलाहरुको उपस्थिति रहेको थियो।

FB_IMG_1747755336511-1747755460.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg