jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

५ दलिय गठबन्धनको संयुक्त चुनाबी कार्यक्रम सुरु

309414802_113575193732151-1665926969.jpg

५ दलिय गठबन्धनको संयुक्त चुनाबी कार्यक्रम सुरु हेटौंडा,३० असोज एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजबादीका नेता एबम् पुर्ब स्वास्थ्यमन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता र बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताउनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको साहिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको उहाँको आरोप छ । जनआन्दोलन र शहिदहरुको न्यायको निम्ती पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको रहेको छ । उहाँले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । नेपाली काँग्रेसकी सहमहामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना)ले बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ती मतदान गर्न नहुने बताउनुभएको छ । बर्तमान अबस्था प्राप्तीको निम्ती भएको जनआन्दोलनमा दमन गर्नको लागि महत्वपुर्ण भुमिका खेलेको ब्यक्तीलाई मतदान गर्न नहुने नेता उपाध्यायले बताउनुभयो । समग्र बिकासको लागि आफ्नो उम्मेदवारी रहेको उहाँको तर्क छ । गठबन्धनका साझा उम्मेदवारहरु नै ५ दलको उम्मेदवार भएकोले ५ वटै दलको उम्मेदवार मकवानपुरमा रहेको उहाँको भनाई छ । चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेकोले निर्बाधरुपमा साझा उम्मेदवारहरुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताउनुभएको छ । उहाँले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताउनुभयो । मंसिर ४ गतेको चुनावपछी बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिती संझेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गर्नुभयो । रगतसंग साँटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तन भएको तर अब अबस्था परिबर्तनमा आफु लागिपर्ने उहाँले बताउनुभयो । सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संबिधान बनाएको र अब यहि संबिधानको रक्षाको लागि गठबन्धनको आबश्यक्ता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले जनाउनुभयो । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले मकवानपुरका माओबादी कार्यकर्ताहरुलाई गठबन्धनमा मतदान गर्न निर्देशन दिनुभएको छ । उहाँले आफ्नो दलका उम्मेदवार नभएपनि गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्न कार्यकर्तालाई सुझाउनुभयो । बर्तमान आबश्यक्ताले गठबन्धन गरिएको औंल्याउदै उहाँले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनको लागि र साझा उम्मेदवारलाई आ—आफ्नो दलका उम्मेदवार सम्झनको लागि समेत सबैमा आग्रह गर्नुभयो । आफ्नो ५ बर्षिय सांसद कार्यकालमा संसद विकास कोषको रकमले आफ्नो क्षेत्रमा खास विकास भएको र बाँकी रहेको कार्यभार यसपटक पुरा हुने उहाँको भनाई रहेको छ । मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार रहेको र यही उम्मेदवारहरुको जित सुनिश्चित हुनुको साथै भाबी सरकार निर्माण प्रक्रियामा सहभागी भएर मकवानपुरको विकास हुने उहाँको भनाई रहेको छ । त्यसैगरी गठबन्धनको तर्फबाट मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले उम्मेदवारी दर्तासंगै आफुहरुको जित शुनिश्चित भएको बताउनुभयो । कुन क्षेत्रमा को उम्मेदवार भन्दापनि सबै क्षेत्रमा रहेको साझा उम्मेदवारलाई मतदान गरिने उहाँको भनाई छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...