jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

हेटौंडामा सोनाम ल्होछारको रौनक

11692892336598333203-1674398559.jpg

८ माघ, २०७९ हेटौडा - बागमती प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शनिबार देखि शुरु भएको सोनाम ल्होछार साँस्कृतिक महोत्सबको उद्घाटन गर्नु भएको छ । प्रमुख अतिथि समेत रहनु भएका निवर्तमान सामाजिक विकास मन्त्री मोक्तानले उद्घाटन समारोहलाई सम्बोन्धन गर्नु हुँदै बागमती प्रदेश सरकारले नेवार र तामाङ भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रक्रियाको बढाईएको छ । त्यसलाई कार्यान्वयनमा ल्याई निरन्तरता दिनको निम्ति अब आउने सरकारले गर्नु पर्ने र मेरो आफ्नो ठाउबाट सधै जोड रहने बताउनुभयो । सामाजिक संजाल तिर अझै ल्होछार बिबादको कुरा आउछ, कुन मनाउने हो या नमनाउने भनेर द्वुबिधामा नरहौ । सबै तामाङ्हरुको साझा संस्थाले ल्याएको भाषा, धर्म संस्कार सास्कृतिकको अभियानमा परिणत गर्दै आएको घेदुङको कुरा नै हामीले आत्मासाथ गर्दै जानु पर्ने समेत निबर्तमान मन्त्री मोक्तानले बताउनु भयो । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ (जल/स्त्री) ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र मकवानपुर तामाङ कलाकार संघलगायत जिल्लाका विभिन्न संघसस्थाको सहयोगमा आजदेखि शुरु भएको महोत्सब भोलिसम्म चल्ने छ। उद्घाटन समारोहमा विशिष्ट अतिथिमा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, घेदुङका संघीय सदस्यहरु मेम्बर लो, सुभाष सिन्तान, लक्ष्मी पाख्रिन, हेटौडा १५ नम्बर वडा अध्यक्ष एवम् घेदुङको निवर्तमान संघीय सदस्य सुनिल मोक्तान, कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, किरात राई यायोख्याको केबी राई, नेपाल मगर संघ मकवानपुरको सन्देश मगर, थारु कल्याणकारिणी सभा मकवानपुरको हरिलाल चौधरी, वाइबा तामाङ समाज मकवानपुरको बिष्णु वाइबा लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन सत्र नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलानको अध्यक्षतामा भएको थियो । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको घेदुङले यस बर्ष 'सोनाम ल्होछार-२८५९ भव्य रुपले सफल पारौं, ग्रेन गे धिम (भवन) खरिद अभियानलाई पुरा गरौँ ।' भन्ने अभियानलाई सार्थकता दिनको निम्ति केन्द्रित रहेको छ । पहिलो दिन आज गायक लोकेन लामा, गायक तथा संगीतकार अशोक तामाङ, साम्तेन लामा, सोयल थिङ, बालिका तामाङ, बुद्ध मोक्तान लगायत मकवानपुर तामाङ कलाकार संघको सांगीतिक प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन भोलि आइतबार ल्होछारको मुख्य दिन हेटौडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा हुनेछ । त्यस दिन गायक तथा संगीतकार टिका बमजन, गायक धिरेन लामा, अविराम मोक्तान, सुजना रुम्बा, बिमला थिङ, लगायत मकवानपुर तामाङ कलाकार संघको प्रस्तुति रहने छ । दुई दिन सम्म चल्ने महोत्सबको आकर्षणहरुमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, मौलिक डम्फुरे गीत प्रस्तुति, तामाङ भेषभूषा र मौलिक खाना संगै अन्य खानाका स्टलहरु सहित भाग्यशाली उपहारको कार्यक्रम समेत रहेको छ । यस वर्ष बाघ वर्गलाई बिदाइ गर्दै बिरालो वर्गलाई स्वागत गर्दै ल्हाेछार मनाउन लागेको हो । सोनाम ल्हाेछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदछन् । तामाङ भाषामा ‘ल्हाे’ भनेको वर्ष/वर्ग/साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्हाेछारकाे अर्थ नयाँ वर्ष भन्ने हुन्छ । मन्जुश्रीले विकास गरेकाे चिनियाँ खगाेल शास्त्रमा आधारित चन्द्रपात्राे अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाकाे दिन तामाङ समुदायले सोनाम ल्हाेछार पर्व मनाउँदछन् । नेपालमा मात्र नभएर तामाङ समुदायकाे बसाेबास भएका विश्वका थुप्रै देशहरूमा सोनाम ल्हाेछार मनाउँदै आएका छन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...