pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

स्वाधिन र स्वतन्त्र राष्ट्रको गरिमा जोगाउन मेरो उमेद्वारी
मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र २ बाट नेकपा एमालेको तर्फाट उमेदवार हुनु भएको खतिवडा सँग जनमुखी साप्ताहिक र थाहापाटी सँग भएको कुराकानी

मकवानपुर क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फाट उमेद्वार बन्नु भएका विरोध खतिवडा नेकपा एमाले कन्द्रिय सदस्य समेत हुनुहुन्छ ।लामो समय देखि कम्यूनिष्ट राजनितीमा सक्रिय खतिवडाले कानुन बिष्यमा स्नातक सम्म अध्ययन गर्नु भएको छ । ०३५/०३६ को विद्यार्थी आन्दोलनवाट राजनितिमा सक्रिय भई अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा  निर्वाचित हुनु भएका खतिवडा  यस अघि संसदमा निर्वाचित समेत भईसक्नु भएको छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको आन्दोलनमा स“गै हि“डेका खतिवडा २०४३ सालको राष्ट्रिय पंचायतमा निर्वाचनमा उनै रुपचन्द्र बिष्ट सग प्रतिस्प्रधि भई निर्वाचित भएका थिए । अहिले मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र २ बाट नेकपा एमालेको तर्फाट उमेदवार हुनु भएको खतिवडा सँग जनमुखी साप्ताहिक र थाहापाटी सँग भएको कुराकानी  । 

- तपाईको उमेदवारी किन  ?
संविधानमा लेखिएका अधिकारलाई व्यबहारमा उतार्नका लागि राष्ट्रीय स्वाधिनता, अखण्डता, स्वाभिमान रक्षाको साथै स्थिर सकार र दिगो बिकासका लागि, समाज उन्मुख निति कार्यक्रमको माध्यमवाट समग्र नेपाल र नेपालीको उज्यालो भविष्यको लागि हो ।

- तपाईलाई मकवानपुर २ नं का मतदाताले किन मत दिने -
     कुनैपनि विदेसीको दवावमा नपरी स्वाधिन र स्वतन्त्र राष्ट्रको गरिमा जोगाउन पर्ने दायित्व हाम्रा सामु छ । अविकसित देशका रुपमा चिनिएको देश लाई विकासीत नेपाल निर्माणको लागि काम गर्नु पर्ने छ ।  ३ देखी ५ बर्षभित्रमा जनताको आधारभुत आवस्यक्ता- खानेपानी, बिजुली, साना सिंचाई, विद्यालय भवन, ग्रामीण वाटोको स्तर उन्नती, बृद्घ, अपाङ्ग, भत्ता ५ हजार पुर्‍याउनका लागि, थाहा उपत्यकालाई विकसीत नगर वनाउन, आन्तरीक पर्यटन विकास गर्न भिमफेदी- कुलेखानी २.५ की.मि. सुरुङ देशकै वजेटबाट निर्माण गर्न । प्रत्यक गाउँ र नगरमा २५ र ५० सैयाको अस्पताल निर्माण गर्न । प्रत्यक गाउँ र नगरमा सिटिभिटी मार्फ प्राबिधिक शिक्षालय निर्माण गर्न ।

 राष्ट्रिय स्तरमा चासो साथ हेरिएको थाहा अभियानका अभियानता रुपचन्द्र विष्टको विपक्षमा अभयिानको  विरोध गर्दै तत्कालिन समया निर्वाचन लड्नु भएको तपार्ँइ अहिले थाहा तथा जनमुखी अभियानको उद्गम क्षेत्रमा  चुनाब लड्दै गर्दा अहिले रुदानेको राजनितिक गुनलाई कसरी सम्झनु हुन्छ  ?
     पंचायततकालमा विभीन्न पार्टिहरुले प्रतिवन्धित र भूमिगत अवस्थामा पंचायतको बिरुद्घमा आन्दोलन चलाईरहंदा रुदानेले पनि "थाहा" जनमुखी अभियानताको हैसियतले पार्टिगत नभई व्यक्तीगत रुपमा निर्दलिय र निरंकुसताको बिरुद्घ खास गरी मकवानपुर जिल्लामा जागरण र जनचेतनाबृद्घीको लागि नेतृत्वदायस् भूमीका खेल्नु भयो । तत्कालिन भूमीगत नेकपा मालेले २०४३ सालको राष्ट्रिय पंचायतमा पाटीको तर्फाट जनपक्षिय उमेदवारको रुपमा मलाई उठाए पछि मकवानपुरको २ सिटको लागि जनमूखी रुदाने र मेरो -तत्कालीन माले) को संयुक्त चुनावि अभियान एक अर्कालाई सहयोग गर्दै हामीले गर्‍यौं ।
    २०४८ को बहुदलिय पहिलो चुनावमा नेकपा एमालेले उहाँलाई पार्टिको तर्फाट चुनावमा लड्न अनुरोध गरेको थियो तर उहाँ मान्नु भएन र जनमुखि उमेदवार बन्नु भयो । पार्टिले मलाई उमेदवार बनाएको हो । म जनमुखि अभियान र थाहा आन्दोलनमा न पहिला विरुद्घ मा थिए न अहिलेनै विरुद्घमा छु । त्यो वेला जनमुखी अभियानमा लागेका धेरै मानिस अहिले माओवादी पार्टिको विभिन्न पदमा छन् । के उनिहरु रुदानेको विरोधी हुन् र - त्यस्तै म पनि नेकपा एमालेमा छु । कसरी म रुदाने विरोधी भएँ -          मेरो अहिले पनि उहँँको जनता जगाउने सकारात्मक काम र अभियान प्रति श्रद्घा र सम्मान छ  । 


-वाम गठवन्धन जीतको आधार हो त  ?
     वामपन्थी पार्टिहरुले नेपालको स्वाधिनता र जनताको मुक्तिको लागि लामो समयदेखि संर्द्दष्ा     गरेका छन् । २०४८ देखि अहिलेसम्म प्रत्येक चुनावमा मतदाताले वामसक्तीलाई नै ६० प्रतिसत मत दिएका छन् । भर्खरै भएको स्थानिय चुनावमा पनि एमाले प्रथम र माओवादी केन्द्र तेस्रो शक्तीको रुपमा स्थापित भएको छ । २०७४ को प्रतिनिधि सभा र प्रदेशको चुनावमा हामी चुनावि गठवन्धन गर्दै चुनाव पछि पार्टिको एकीकरण गर्ने प्रतिवद्घता व्यक्त भई सकेकोले वाम गठवन्धनको जित निस्चित छ । गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षा राप्रपा -मण्डले) जो राजा फर्काउने घोषणापत्र सहित काग्रेंसँग गठवन्धन गरेर आएको छ । उस्ले गणतन्त्रको रक्षा गर्न सक्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् ।
( जनताको मताधिकारमा पार्टर्ीी अंकुश लगाउन’ हुँदैन भन्दै मतदाता फकाउन अन्य उमेद्वार लागि परेका छन् । यो अवस्थामा तपाईले भनेजस्तै गठबन्धनमै भोट हाल्लान त -
     राजावादी सँगको गठवन्धनलाई लोकतान्त्रीक गठवन्धन भनेर आउनेहरु भन्दा वामपन्थी गठवन्धनले २०६२ को आन्दोलनको भावनाको प्रतिनिधित्व गर्नसक्छ । संविधानको भावना र मर्मलाई निति तथा कार्यक्रम मार्फ लागू गर्न सक्छ भन्ने कुरा मतदाताले बुझी सकेका छन् । अत मतदातालाई अंकुस लगाउने छैन बरु प्रतिकृयावादिहरुले लगायको अंकुस तोडेर स्वतन्त्रता पर्ूवक वाम गठवन्धनको उमेदवारलाई मतदान गर्नेछन् ।वास्तविकता र विश्वास पनि यही हो । 


-वाम गठवन्धन सफल हुने स्पष्ट आधार के-के हुन् त ?
    निर्दलिय पंचायती व्यबस्थालाई ढाल्ने देखी राजतन्त्र अन्तसम्मको लागि वामपन्थिले खेलेको भुमिका, छोटो अवधी सरकार चलाउन पाउँदा पनि वाम सरकारले जनताको पक्षमा ल्याएको कार्यक्रम, जनतामा जगायको आसाानै हाम्रो जितको मूल आधार हो । यदी यो देश बचाउन र वनाउन हो भने वामपन्थीको नेतृत्वमा वनेको स्थीर सरकारले मात्र गर्न सक्छ । काँग्रेसको सरकार २० सौं बर्षचलेको जनताले हेरेका छन् ।
- प्रतिनिधि सभा एमाले, प्रदेश माओवादीको भागमा छ । दुवै भोट गठबन्धनमै जाँदैन भन्ने बजार हल्ला चिया गफ बनेको छ नी - साच्चै त्यस्तै भयो भने ?
     यो बिषय वाम गठबन्धन देखि डराएकाहरुको पराजित मानसिकताका साथ चलाएको हल्ला हो । दुवै पार्टिका नेता कार्यकर्ता इमान्दारीका साथ मतदातामाझ पुगिरहेका छन् ।  प्रतिनिधि सभा जहाँ म उठेको छु त्यो मतपत्रमा र्सर्ूयचिन्ह मात्र हुनेछ भने गोलाकार भित्र हुसिया हथौडा हुने छैन । त्यस्तै प्रदेशमा जहाँ कुमारी मुक्तान उठनु भएको छ त्यो मत पत्रमा र्सर्ूय चिन्ह हुनेछैन, त्यसमा मात्र गोलाकार भित्र हँसिया हथौडा हुनेछ । अतः झुक्किने स्थीति छैन । अर्को कुरा कम्यूनिष्टले आफ्नो चिन्हमा मत नहालेर  गाई वा हलोमा मत हाल्छ भनि आस गर्नु वेकार छ ।

- अन्तमा तपाईंको बिजय पश्चात मकवानपुरको प्रतिनिधि सभा क्षेत्र २ कस्तो सोच्नु भएको छ ?
    यो विषयमा छोटोमा मैले माथिनै जवाफ दिइसकें, अर्को केन्द्रिय घोषणापत्र, जिल्लाले निकालेको प्रतिवद्घता पत्र र हामी उमेदवारले चुनाव प्रचार प्रसारको क्रममा जे वोलेका छौं, जुन सबै कुरा यहाँ उल्लख गर्न सकिँदैन । जनताका आधारभूत आवस्यक्ता, पानि, विजुली, सिंचाइ, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायत राष्ट्रिय स्तरका योजनाहरु पनि छन् ।

- धन्यवाद,
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...