pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

स्थानीय तहले आफुलाई राजा ठाने : मुख्यमन्त्री पौडेल

muk-1560339053.jpg

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहका सरकारले आफु त्यहाँको राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह गर्नुभएको छ ।
संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने व्याख्या गलत भएको बताउँदै उहाँले स्थानीय तहले सहअस्तित्व र सहकार्य आत्मसाथ गर्न आग्रह गर्नुभयो । ‘संविधानले हाम्रा अधिकारको सूची स्पस्ट तयार गरेता पनि किन हामी अझै अन्योलग्रस्त छौं ?’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुनेतर्फ सचेत गराउनुभयो । स्थानीय सरकारले प्रदेश तहबाट गएका योजना कार्यान्वयन गर्न नदिएको गुनासो आएको त्यस्तो व्यवहार त्याग्ना उहाँ आग्रह गर्नुभयो ।

‘संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एक अर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि ?’ उहाँले प्रश्न गर्नुभयो, ‘स्थानीय तहले कानुन बनाउँछ तर प्रदेश सरकारलाई थाहा हुँदैन, स्थानीय तहले प्रदेश सरकारलाई केहि आर्थिक बुझाउनुपर्छ भन्ने छ तर स्थानीय सरकारलाई वास्ता छैन, यसरी कसरी विकास हुन्छ, कसरी सरकारबीच सहकार्य हुन्छ ?’ सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई कुनै पनि हालतमा कमजोर बनाउन नदिन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
दुईदिन सम्म चल्ने बैठकमा संघियताको सवलीकरणका लागि स्थानीय तह र प्रदेशबीच नीतिगत तथा कार्यगत सम्बन्ध र रणनीतिगत साझेदारीका बिषयमा प्रस्तुतिकरण, बालविवाह मुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीय तहको लागि बनाउनुपर्ने कानुनको पालनाका बारेमा सुझाव सहित कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । बैठकमा प्रदेशका १ सय १९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता छ । साभार जनता 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...