Sunday, 19 May, 2024
राेजगार

सुरक्षित आप्रवासन (सामी)को अभिमुखिकरण सम्पन्न,श्रमिता महर्जनको संयोजकत्वमा नगर संजाल गठन

1710852289078-1710852322.jpg

सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा स्थानीय तह संजाल गठन थाहामा सम्पन्न भएको छ।
थाहा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन कुमार नेगि र सामी थाहा नगरका संयोजक मेलिना खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा वैदेशिक रोजगार बाट फर्केर देशमानै रहेका हरुको सहभागिता रहेको थियो।
सामीले वैदेशिक रोजगार बाट फर्केकाहरुको स्थानीय तह थाहा नगर संजाल समेत गठन गरेको छ।
श्रमिता महर्जनको संयोजकत्वमा ११ सदस्यीय नगर संजाल गठन गरेको हो।जस्को सहसंयोजकमा रुपचन्द्र गोपाली,सचीव सन्तोष मगर,सदस्यहरुमा राजु गुरुङ,चित्र बहादुर गुरमाङ,सुमन बिष्ट,कृष्णजी स्याङ्तान,अजय बस्नेत,भिम बहादुर बस्नेत,दिप बहादुर घलान,र वीर बहादुर गोले रहेका छन।
कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ । कार्यक्रममा सामीका जिल्ला थाहा नगर संयोजक मेलिना खत्रीले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक कुमार नेगिले बताउनुभयो । 
थाहा नगरका रोजगार शाखा प्रमुख समेत रहेका नेगिले थाहा नगरपालिकामा रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको मनोपरामर्श दाता सुनिता बस्नेतले जानकारी दिनुभयो । बस्नेतले नगरपालिकामा सबै वैधानिक तरिकाबाट गएकाहरूको पक्षमा छिटोछरितो र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । 
कार्यक्रममा सामीका मनो परामर्शदाता सुनिता  बस्नेत,रिटर्नी स्वयंसेवकहरु,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

1710852292582-1710852323.jpg
1710852295582-1710852339.jpg

world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...