pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सिन्धुलीमा गठबन्धनको जित सुनिश्चित, एमालेलाई साख जोगाउनै गाह्रो
सूर्य सुवेदी 

sindhuli-1650626633.jpg

सिन्धुली जिल्ला बागमती प्रदेशअन्तर्गतको एक जिल्ला हो । ऐतिहासिक रुपमा अंग्रेजलाई हराउने जिल्लाका रुपमा पनि यो जिल्लाको पहिचान छ । नेपाली जनयुद्धमा पनि सिन्धुली र यहाँका नागरिकको ठूलो भूमिका छ । नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, मात्रिका र गिरिजाको जिल्ला भनेर पनि सिन्धुलीलाई चिनिन्छ । कम्युनिष्ट आन्दोलनका पूर्वका तारा भनेर चिनिने ऋषि देवकोटा ‘आजाद’, सिपी गजुरेल, हरिबोल गजुरेल, असारे काका, महेश्वर दाहाल पनि यही जिल्लामा जन्मिएका हुन् । नेपालमा सबैभन्दा धेरै जिल्लाहरुको सिमाना छुने जिल्ला पनि सिन्धुली हो । उत्तरमा महाभारत पर्वत, भित्री मधेस, चुरे हुँदै तराईसँग यो जिल्लाको भूगोल जोडिएको छ। 
राजनीतिक विभाजन ः 
यो जिल्लामा दुई संघीय निर्वाचन क्षेत्र छन् र चार प्रादेशिक क्षेत्रहरु छन् । साथै सिन्धुली जिल्लामा दुई नगरपालिकासहित नौ वटा स्थानीय तहहरु छन् । 
२०७४ को निर्वाचनको परिणाम ः 
नौ वटा स्थानीय तहमध्ये सिन्धुलीका तीन ठुला दलहरुले तीन तीन वटा स्थानीय तहमा जित हासिल गरेका थिए । त्यसमा नेकपा (माओवादी केन्द्र) ले सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका जितेको थियो। त्यसैगरीे नेपाली कांग्रेसले घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलाञ्जोर गाउँपालिका जितेको थियो। नेकपा एमालेले दुई नगर कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिका जितेको थियो।
वर्तमान अवस्था ः   
२०७९ सालमा आइपुग्दा २०७४ सालको जस्तो निर्वाचन परिणाम आउने छैन। किनभने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धनले यसपटक संयुक्त मोर्चाबन्दीमा निर्वाचन लड्ने छन् ।  सिन्धुली जिल्लामा दुई ठूला दल कांग्रेस र माओवादीले स्थानीय तहको निर्वाचनमा कुन पार्टी कुन स्थानीय तहमा निर्वाचन लड्ने भनेर स्थानीय तह बाँडफाँड गरिसकेका छन् । नौ स्थानीय तहमध्ये एक नगरपालिका र चार गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले निर्वाचन लड्ने छ भने एक नगरपालिका र तीन गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन निर्वाचनमा होमिने छ ।
यस्तो छ गठबन्धनको भागबण्डा ः
सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तह भागबन्डा गर्दा नेपाली कांग्रेसले कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिका हात पारेको छ भने नेकपा माओवादी केन्द्रले दुधौली नगरपालिकासहित मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र हरिहरपुगढी गाउँपालिकामा नेतृत्व पाएको छ । 
गठबन्धनको अवस्था ः 
स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई केन्द्रमा राखेर सिन्धुली जिल्लाका नौ स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमालेले यस जिल्लाका कुनै पनि स्थानीय तह जित्ने आधार देखिँदैन । ०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले पाएको मतलाई मात्रै जोड्दा पनि गठबन्धनले एमाले भन्दा निक्कै मतान्तरले जित्ने सुनिश्चित छ ।
गठबन्धन र एमालेको मतान्तर ः 
कमलामाई नगरपालिकामा गठबन्धनको मत १२ हजार ६३९ छ भने यो नगरपालिकामा एमाले एक हजार ४८७ मतले पछि छ । गोलञ्जोर गाउँपालिका गठबन्धन पाँच हजार ४८७, एमाले दुई हजार ९०३ मतले पछि छ । घ्याङ्लेख गठबन्धन चार हजार ३७९, एमाले तीन हजार ६९५ मतले पछि, तीनपाटन गठबन्धन आठ हजार ५८७ एमाले दुई हजार ९०५ मतले पछि, दुधौली नगरपालिका गठबन्धन १६ हजार १२३, एमाले सात हजार ५२५ मतले पछि छ । फिक्कल गठबन्धन तीन हजार ९०६, एमाले ७८० मतले पछि छ। त्यसैगरी मरिण गठबन्धन ६ हजार ४८६, एमाले चार हजार ६२६ मतले पछि छ भने सुनकोसी गठबन्धन ६ हजार ६४५ एमाले, चार हजार २२ मतले पछि र हरिहरपुरगढी गठबन्धन ६ हजार ३४०, एमाले तीन हजार ३८६ मतले पछाडि रहेको छ।
गठबन्धनले जित्ने आधार ः 
गठबन्धनमा पाँच दलहरु भए पनि माथि उल्लेखित भएका तथ्याङ्कहरु हेर्दा माओवादी र कांग्रेसले गत २०७४ को स्थानीय तहमा प्राप्त गरेको मतको कूल संख्या र सग्लो एमाले हुँदा एमालेले पाएको मत परिणामको हिसाब मात्रै गरिएकाले गठबन्धनको मतान्तर एमालेसँग अरु धेरै बढ्ने छ। सिन्धुली जिल्लामा गठबन्धनका अन्य दलहरु जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पनि गठबन्धनमा थपिँदा सिन्धुली जिल्लामा एमालेलाई आफ्नो साख जोगाउन निक्कै कठिन छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...