jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

FB_IMG_1687022023018-1687022078.jpg

सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा गत जेष्ठ ३२ देखि सुरु भएको प्रतियोगिताको फाईनल आज सम्पन्न भएको हो । प्रतियोगितामा शाखा दोजो थाहाकी रिवु केसी (–४५ केजि तौल समूह), विनिता खत्री (+४५ केजि तौल समूह), मल्लिका खत्री (–५५ केजि तौल समूह), सुमन घिमिरे (–६० केजि तौल समूह) र विकास भ्लोनले (–६५ केजि तौल समूह) बाट स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सन्तराम अधिकारि (–६० केजि तौल समूह), र सञ्जिता गोलेले (–४० केजि तौल समूह)बाट रजत पदक हात पारे भने सुशान्त दोङ    (–४० केजि तौल समूह) र प्रमिला थोकरले (–५० केजि तौल समूह)बाट कास्य पदक प्राप्त गरेको शाखा दोजो थाहाका प्रशिक्षक मानसिं दोङले बताउनु भयो ।
कराँतेलाई थाहा नगरमा निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको शाखा दोजो थाहाले यस अघि पनि विभिन्न प्रतियोगितामा पदक तथा उपलब्धिहरु हासिल गरिसकेका छन् । थाहा नगर तथा विभिन्न सामाजिक संघ संस्थाहरुले समेत कराँते क्रियाशिलतालाई जोड दिईरहेको सन्दर्भमा यस पटक प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडिहरुको आवास तथा खानाको व्यवस्था मजदुरहरुको हक, हितको संरक्षण गर्ने मूल उद्धेश्यका साथ स्थापित नेपाल थाहा मजदुर संघले गरेको छ । खेलाडिहरुलाई थप प्रोत्साहनमा संघले निरन्तर सहयोग गरिरहने संघका अध्यक्ष राजु खत्रीले बताउनुभयो ।

प्रतियोगितामा यस पटक थाहाबाट जम्मा १५ जना खेलाडिले सहभागिता जनाएका थिए ।

FB_IMG_1687022027897-1687022081.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...