jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सांसद माझीलाई मकवानपुरका बस्तिमा आत्मिय स्वागत, जनयुद्धका दिन सम्झिँदै उर्मिला

328539645_734418204670294-1675231570.jpg
मकवानपुर,  माघ । निर्वाचन पश्चात् पहिलोपटक मकवानपुर पुगेकी प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेललाई स्थानीयवासीले भव्य स्वागत, सम्मान र सद्भाव व्यक्त गरेका छन् । जनयुद्धको समयमा मकवानपुरकाे एरिया इन्चार्जकाे रूपमा काम गरेकी सांसद माझीलाई बकैया गाउँपालिका अन्तरगतका माझी वस्तीमा भव्य स्वागत गरिएको हाे । मकवानपुरका छतिवन, जुरेली, हात्तीखाेला लगायतका व्सतीमा पुगेकी उर्मिलालाई स्थानीय जनताले फुल माला, टीकाले स्वागत गरेका हुन् । काभ्रेमा जन्मेकी उर्मिलाले जनयुद्धको समयमा काभ्रे, मकवानपुर र ललितपुर जिल्लामा भुगाेलकाे एरिया इन्चार्जकाे भुमिकामा जनतालाई संगठित, प्रशिक्षित र परिचालन गर्ने गर्दथिन् । उनी त्यस क्षेत्रमा क.उमाकाे नामले परिचित छन् । उनलेे आफुले यस क्षेत्रमा आइपुग्दा जनयुद्धकालिन आत्मियता पाएकाे बतनउँदै आफुले यश क्षेत्रकाे विकास र समृद्विमा सक्दाे पहल गर्ने बताइन् । उनलेे माझी समुदायलाई राज्यले अत्यन्तै उपेक्षा गरिरहेको अवस्थामा नेकपा माओवादीकाे नेतृत्वमा सञ्चालित जनयुद्धले माझी समुदायलाई चेतना जागृत गरेकाे र माओवादीकै कारण नै माझी समुदायले अधिकार प्राप्त गरेकाे बताइन् । सहिदका पदचाप पछ्याउँदै निर्वाचन पछि पहिलोपटक मकवानपुरका वस्तिमा माझी समुदायकी महिला सांसद उर्मिला पुग्दा उनीसँग खुसि साँट्ने र बधाई दिनेमा युवा, महिला र बुढा बाआमाहरू थिए । सांसद उर्मिलाले आफुलाई जनयुद्धकालमा दुश्मनसँग लुकाउँदै र माया गर्दै बचाएकाे यश क्षेत्रलाई कहिल्यै विर्सन नसक्ने बताइन् । सांसद माझीले आफू निरन्तर माझी समुदाय लगायत पिछडिएका समुदाय र वर्गकाे लागि लडिरहने बताएकि थिइन् । उनी माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव हुन् । उनी लमजुङबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनीसँगै माझी समुदायकी नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले उर्मिला माझी समुदायबाट प्रतिनिधिसभा सदस्य बनेकाेमा माझी समुदाय खुसि बनेकाे बताइन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...