Tuesday, 10 Nov, 2026
worldlink1-1789963258.gif

राजनीति

समस्या बनेको खहरेलाई अबसरमा परिणत गरिन्छ : छिन्तु

chhintu-dai-bagamati-1667474654.jpg

हेटौंडा, १७ कात्तिक/नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ (क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले बागमती र बकैयामा रहेका खहरेहरु नियन्त्रण गर्न बिषेश योजना बनाइने बताउनुभएको छ । बागमती गाऊँपालिका वडा नम्बर  १ को चुनाबी सभामा बोल्दै उहाँले यस क्षेत्रको समस्या बनेको खहरे नियन्त्रण गरिनुको साथै पर्यापर्यटनको विकास गरेर अबसरमा परिणत गर्ने योजना बनाउने समेत बताउनुभएको हो । 

उहाँले राईगाँऊ र माझगाऊँमा पुल, तटबन्धन, लगायत शिक्षा, स्वास्थ्य रोजगारको लागि आफुले पहल गर्ने बताउनुभयो । 

यस क्षेत्रमा आफुले गरिरहेको अधुरा काम पुरा गर्दै थप नयाँ र प्रभाबकारी योजना ल्याइने उहाँको भनाई रहेको छ । अगुवा कार्यकर्तालाई गठबन्धनमा मतदान गर्न र गराउन निर्देशन दिंदै उहाँले आफुहरु सफल हुन गठबन्धनको जित हुनुपर्नेमा जोड दिनुभयो ।
बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटि बागमती गाउँपालिका वडा नं. १ संयोजक श्याम जिम्बाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. १ की उम्मेद्वार महालक्ष्मी उपाध्याय (डिना), नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बिजय गौतम, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घन प्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति दामोदर खनाल लगायतको आतिथ्यता रहेको थियो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg