Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सभापति उमेदवार लामिछाने द्वारा भेटघाट तीब्र ।

1645497167679-1645497183.jpg

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका नेता जयराम लामिछानेले नगरस्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

सोमबार हेटौंडामा लामिछानेले प्रतिनिधिहरुसँग परिचयात्मक भेटघाट गर्दै कार्यक्रमको सुरुवात गरेका छन् ।

पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको धेरै कांग्रेसीहरुबाट अपरिचित भएको महसुस गर्दै लामिछानेले सो कार्यक्रमको आयोजना गर्दै आफ्नो परिचय र राजनीतिक पृष्ठभुमि बारे प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।

आफूले काम गरेको तर प्रचार नगरेको भएर धेरै आफूलाई नचिनेको हुन सक्ने उनको भनाइ छ । उनले भने पार्टी एउटा बस हो, सदस्यहरु यात्री र चुनाव भनेको त्यो बसमा भएको यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्‍याउन चालक छ्नौट गर्ने विधि हो । जिते यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराउँछु, हारे सह-चालक भइ चालकलाई सघाउने काम गर्छु ।
आफू सभापति भए मकवानपुर कांग्रेसको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट दातृ सहयोग लेराउन पहल गर्ने अथवा पार्टीको केन्द्रसँग समन्वय गरि विविध कार्यक्रम ल्याउन र कांग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताउँछन् ।

उक्त कार्यक्रम मार्फत वर्तमान जिल्ला सचिव आनन्द कठायत र प्रवक्ता प्रदीप कोइरालाले उपसभापति, जिल्ला सदस्य भीमसेन महत र तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले सचिव, इन्दिरा न्यौपानेले सहसचिवमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै जिल्ला सदस्यको लागि तारा कुमारी राइ कार्की, पूर्ण प्रसाद पुडासैनी, यादवराज उप्रेती, नन्दलाल दास, सुशिला न्यौपाने र मनमाया नेपालीको उम्मेदवारी रहेको छ ।

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, कांग्रेस नेतृ उमा दाहाल र मकवानपुरका जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...