jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने

download-(7)-1671700758.jpg

संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।

 

प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए । ‘पार्टीको आन्तरिक छलफलको क्रममा उहाँले शपथ ग्रहणपछि राजीनामा दिने भन्नुभएको छ । कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने/नहुने केही भनेको त छैन तर, भोलि आएर उहाँले राजीनामा दिनुहुन्छ,’ खनालले भने ।

खनालले मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । ‘उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले सोहीअनुसार संविधानको मातहत रहेर कदम चाल्नुहुनेछ,’ उनले भने । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ ।इकान्तिपुर बाट 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...