Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संविधान नमान्ने कमल थापा र दिपक सिंहलाई जनतासंग मत माग्ने नैतिक अधिकार छैन : डिना

dina-1-1668087729.jpg

 

बागमती । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गर्नुभएको छ । बिहिवार बागमती गाउँपालिका वडा नम्बर ९ लितिमा भएको चुनाबीसभामा बोल्दै उम्मेदवार डिनाले यस्तो बताउनुभएको हो ।

‘कमल थापा र दिपक सिंह अहिले जनताको घर–घर पुगेर भोट मागिरहेका छन्,  डिनाले भन्नुभयो– ‘जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्ने उनीहरुलाई आज जनतासंग भोट माग्ने कुनै नैतिक अधिकार नै छैन । ’

उम्मेदवार डिनाले आफु बिजयी भए यस क्षेत्रका लागि राष्ट्रिय बजेट ल्याउने दाबी गर्नुभयो । गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै उहाँले अब मंसिर ४ गते कुर्नु परेको बताउनुभयो ।

एमालेले नेतृत्व देश बन्दैन : छिन्तु

बागमती । मकवानुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले नेकपा एमालेको नेतृत्वमा देश नबन्ने ठोकुवा गर्नुभयो । ‘एमाले यो देशको बनमारा झार हो, यसले मुलुकको हित कहिल्यै सोच्दैन, छिन्तुले भन्नुभयो–‘त्यसैले गठबन्धनको सरकारले मात्रै मुलुकलाई समृद्धि दिन्छ ।’

उहाँले यसअघि मुलुकको व्यवस्था परिवर्तन गरेको र अब अवस्था परिवर्तन गर्न गठबन्धन जुर्मुराएको बताउनुभयो । उम्मेदवार छिन्तुले यस क्षेत्रमा सडक , विद्युत, शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत कुरालाई पुरा गर्न पुन : उम्मेदवारी दिएको दाबी गर्नुभयो ।

लोकतान्त्रिक बाम गठबन्धन प्रचारप्रसार समिति वडा नम्बर ९ का सभापति मान बहादुर पाटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वर पाठक, कोषाध्यक्ष होमनाथ गौतम, काँग्रेस महासमिति सदस्य मिरा बञ्जारा, निर्वाचन क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल लगायतको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...