jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

विभिन्न निर्णय गर्दै एमाले थाहाको बैठक सम्पन्न

FB_IMG_1755101329478-1755101354.jpg

नेकपा एमालेको 'जनतासंग जनसंवाद' अन्तर्गत २८ साउनमा थाहा नगर कमिटीको बैठक सम्पन्न भएको छ ।

एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता एवम् केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले 'जनतासंग जनसंवाद' अन्तर्गत थाहा नगरका १२ वटै वडाहरुको बैठक, टोल कमिटीहरुको बैठक, जन वर्गीय संगठनहरुको बैठक तथा भेला आयोजना गर्ने र टोलटोलमा जनतासंग भेटघाट गरि साक्षात्कार गर्ने निर्णय गरेको छ ।

बैठकले थाहा वडा नं. १, ३ र ११ को भदौ २ गते, वडा नं. २, ४ र १२ को भदौ ३ गते, वडा नं. ५, ६ र ९ को भदौ ४ गते, वडा नं. ७, ८ र १० भदौ ५ गते बैठक गरि योजना बनाउने निर्णय गरेको छ । 

बैठकले भदौ १४ गते जनसंठगन संयन्त्रको बैठक, भदौ १५ गते राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको बैठक, भदौ १६ गते अखिल नेपाल किसान महासंघ र भूमि तथा श्रमिक संगठन नेपालको बैठक, भदौ १७ गते नेपाल खेलकुल महासंघ र नेपाल उत्पीडित जातीय मुक्ती समाजको बैठक, भदौ १८ गते रिटर्नी फेडेरेशन नेपाल र नेपाल बुद्धिजीवी परिषदको बैठक, भदौ २० गते अनेमसंघ र नेपाल सैनिक तथा प्रहरी संगठन नेपालको बैठक गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदिप प्रधानलाई नगर कमिटी सदस्यमा मनोनीत गर्दै जनसंगठन ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले सदस्यको योग्यता पुगेकाहरुलाई सदस्यता सिफारिस गर्न र नवीकरण हुन बाकी पुराना सदस्यहरुको अभियानकै बीच नवीकरण गरिसक्ने निर्णय समेत गरेको छ । भदौभित्र आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

नगर कमिटी बैठकले जेठ १२ गते सडक दुर्घटनामा निधन भएका नगर सदस्य कृष्ण बलामीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य रानाले पार्टी नेतृत्व विरुद्व भइरहेको षडयन्त्रलाई चिरेर सरकारले गरेका उपलब्धिहरुलाई जनताका बीचमा लान आग्रह गर्नु भयो । 

नेता रानाले पार्टीका स्थानीय नेताहरु हरेक जनताको दु:ख र जनसरोकारका काममा लाग्न निर्देशन दिनुभयो । 

बैठकमा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले जनताका बीच फैलाइरहेको अफवाहलाई चिरेर अघि बढ्न आग्रह गर्नु भयो ।

बैठकमा जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, सुनिता दोङ, तुलसा बिष्ट, नेपाल उड्डयन तथा पर्यटन विभाग बागमती प्रदेश सचिव बुद्वरत्न मानन्धर, नेपाल उत्पीडित जातीय मुक्ती समाज बागमती प्रदेश सचिवालय सदस्य रमेश सेन्चुरी, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य सगुन कुमार ढकाल, चित्रबहादुर बलामी, पूर्व नगर सचिव रामकृष्ण बस्नेत, पूर्व नगर सचिवालय सदस्य फणिन्द्रनाथ सुवेदीलगायतको आतिथ्यता थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...