pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  प्रेेेेेेेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति भन्दा व्यक्तिवादी,मनोवादी ढङ्गबाट गुट संचालन गरेको बताएका छन् ।
‘पासाङ’ले विप्लव पार्टी परित्याग गरिसकेपछि विप्लव मकवानपुरका ईन्चार्ज जमिनले भदौ २० गते एक प्रेस विज्ञप्ती जारी गर्दै पुर्व सेक्रेटरी पासाङले पार्टिको निति सिद्धान्त विपरित कार्य गरेको, आर्थिक अनियमितता गरेको, पार्टिका सुचना र गतिबिधि दुश्मनलाइ पुर्याएको बताएका थिए ।

यसैबीच आज पुर्व सेक्रेटरी पासाङले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् “जिल्ला समिति मकवानपुरको नेतृत्वले पार्टीको दृष्र्टीकोण विधि,पद्धति र नीति भन्दा व्यक्तिवादी,मनोवादी ढङ्गबाट गुट संचालन गर्नु र गुटको नेता बन्नु बन्यजन्तु,काठ तस्करि गरि नवधनाड्य वर्गमा रुपान्तरण हुनु,जनमुक्ति सेना नेपालको स्रोत,साधन (हतियार) प्रयोग गरि लागु औषध (गाँजा ) लुट्ने लुटेरा समूह निर्माण गरि हतियारको आडमा हतियार प्रर्दशन गरि चन्दा संकलन गर्नु,बिरप्पन दर्शन र कार्यशैलिबाट प्ररित देखिन्छ ।” उनले जममुक्ती सेनाको हतियार लागू औषध गाँजा लुट्नमा प्रयोग भएको समेेत विज्ञप्तीमा खुलाएका छन् ।

यसैगरि उनले क्रान्तिकारी दर्शन र कार्यशैलिबाट बिचलित भएको नेतृत्वबाट त्रान्ति पुरा नहुने र यस प्रकारको नेतृत्वबाट जनतालाई धोका सिवाय अरु सम्भव नहुने बताएका छन् । उनले भनेका छन् “मेरो विषयमा जे विज्ञप्ती प्रकाश गरियो जुन आरोप लगाउन कोशिष गरियो त्यो तथ्यहिन,आधारहिन बिरामि मानसिकताको उपज मात्र हो ।”

गएको भदौ १९ गते पुर्व जिल्ला सेक्रेटरी पासाङले पत्रकार सम्मेलन गर्दै आफूसहित विप्लव मकवानपुरका १ सय ३८ जनाले पार्टी परित्याग गरेको बताएका थिए ।

यस्तो छ आज पुर्व सेक्रेटरी पासाङले जारी गरेको प्रेस विज्ञप्ती:

खबरब्रेककाे सहकार्यमा ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...