jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

विद्युत सुचारु गर्दा नबोलाएको झोकमा एकसातामै बत्ती काटियपछी

FB_IMG_1677167977632-1677168026.jpg

बिजुली बत्ति उद्घाटन गर्दै।

उमेश राई – मनहरी
राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा पहिलो पटक बिजुली बत्ती पुगेकोछ । निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानको गृह वडा समेत रहेको त्यस वडामा बिजुली बिस्तार भई स्थानिय जनताले बत्ती बाल्न पाएकाहुन् ।

यो समाचारले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का घोर्कोटे , भिमलटार, चौकिटार लगाएतका जनता खुसी भएका थिए । तर यो खुशी एक हप्ता भन्दा बढी टिक्न सकेन । मनहरी फ्युज शाखाले राक्सिराङको रतुवाबाट फ्युज छुट्याएर बिजुली प्रसारणमा रोक लगाएको स्थानिय बासिन्दाले आरोप लगाएकाछन् ।

फाल्गुन १ गते निबर्तमान बागमती प्रदेश संसद ओम बहादुर गलान , राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्ल , नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख दिपेन्द्र राज दुबेदि , राक्सिराङ गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत देब चन्द्र गर्तौला, हेटौडा फ्युज शाखा प्रमुख नारायण श्रेष्ठ , विद्युत प्राधिकरण हेटौडाका लेखा अधिकृत , प्राधिकरणका कर्मचारी ,ठेकादार लगाएतकाको उपस्थितिमा बिजुली प्रसारण सुचारु गरिएको थियो । तर सुचारु भएको एक हप्ता पछि बिजुली काटिएको छ । फाल्गुन ८ गते बिहान ११ बजे सम्म लाईन ठिक ठाक थियो। एक्कासी बिजुली अबरुद्ध भयो केहि समय पछि आउला त भनेर कुरेर बसियो त्यो दिन आएन र के भयो भनेर हेर्दै आउँदा रतुवामा फ्युज छुट्याईएर राखिएको अवस्थामा देखे पछि मनहरी फ्युज शाखामा जानकारी लिन आएको स्थानिय शिक्षक एबम समाजसेवी राम प्रसाद शाह ( ललन)ले जानकारि दिनुभयो ।

अधिकांश चेपाङ बस्तिले ढाकेको र भौगोलिक अवस्थाले पनि पछाडी परेको राक्सिराङ गाउँपालिकामा बिद्धुतका कर्मचारीबाट पनि हेपाईमा परेको हो ।
नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख आफै उपस्थित भई ग्रामिण जनताको घरमा बिजुली बत्ती बाल्दा आफ्नो टिमलाई नसम्झेको झोकमा बत्ती काट्नु कर्मचारी भित्रको चेन अफ कमाण्डको धज्जी उडाएकोछ भने जनप्रतिनिधिहरु तीन छक्क परेकाछन् ।

बिजुली बत्ती नबलेपछी मनहरी फ्युज शाखामा बुझ्न पुगेका स्थानियहरुसङ्ग उल्टै जस्ले काम गरेको हो ।जडान गरेको हो उसैले बनाउछ भन्दै आक्रोशित भएका थिए ।नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुखले गाउँपालिकाको बाँकी क्षेत्रमा पनि एक आपसमा सहकार्य गरि राक्सिराङ गाउँपालिकालाई पुर्ण बिद्धुतिकरण गर्ने अभियानमा नेपाल विद्युत प्राधिकरण प्रमुखको प्रतिबद्धतालाई यो घटनाले स्थानिय सरकार र जनता निरास भएकाछन्।

बालबालिकाहरुको परीक्षा सन्चालन भईरहेको अवस्थामा बल्ल तल्ल गाउँमा आएको बिजुली बाल्न नपाउदा परिक्षा तैयारिमा समस्या परेकोछ भने । घोर्कोटे , भिमलटार, नेमली,तम्बल,पैतिपुङ्ग,कोरङ्ग्धनी,घनेघारी,
चौकिटार,खैराङ्ग को नजिकको टोल मोङ्ग्लती,बूढो माहदेब रहेको टोल मान्छेपुङ्ग लगाएतका
गाउँ फेरि टुकि युगमा फर्केकोछ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...