jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

लोभ लालच देखाएर मत माग्न आउनेसँग सचेत रहनुस् : डिना, गठबन्धनको विजयी सुनिश्चित : छिन्तु

314931687_109825015749741-1668000894.jpg

 मकवानपुर । नेपाली काँग्रेसकी सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनकातर्फबाट मकवानपुर १ की प्रतिनीधि सभा उम्मेदवार महालक्ष्मि उपाध्याय (डिना) ले संविधान, लोकतान्त्रिक गणतन्त्र, परिवर्तन र व्यवस्था मास्न खोज्नेहरु विभिन्न लोभ लालच देखाएर जनताको घरदैलोमा मत माग्न आइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । बुधबार बकैया–६ कर्मचुलीमा भएको निर्वाचन लक्षित सभामा उनले सो आग्रह गरेकी हुन् । बकैया गाउँपालिकाको जनताका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको मुख्य समस्या बाटो, सिंचाई र वर्षौंदेखि उपभोग गर्दै आइरहेको जग्गाको प्रमाण पूर्जाका सावल गठबन्धनको विजयी पश्चात प्राथमिकताकासाथ सम्बोधन गरिने बताईन् । “यसअघि सरकारमा पटक पटक पुगेर पनि यहाँका जनताकालागि केही नगर्नेहरु फेरी पनि तपाईहरुलाई मत माग्न आउँदैछन् सजग रहनुहोला” उनले भने “म विजयी भएर गएपश्चात यहाँहरुको जग्गाको लालपूर्जाको समस्यालाई केन्द्रबाट सम्बोधन गरि घरघरमा पूर्ज वितरण गर्न आउँनेछु” । हाल युवाहरुले आफूले उठाईरहेको सवालहरुलाई बुझेको र मतदान गर्न आतुर रहेको बताउँदै उपाध्यायले आफ्नो विजयी सुनिश्चित रहेको दावी गरिन् । यसैगरि, सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटि उपाध्यक्ष एवम् सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर १ (क) प्रदेश सभाका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको दावी गरेका छन् । हाल गाउँ नगरका विभिन्न स्थानमा सत्तारुढ गठबन्धनका पक्षमा भएको जनमासको लहर देखेर प्रतिष्पर्धीहरु तर्सिसकेको भन्दै मानशिक रुपले परास्त भइसकेको उनले उल्लेख गरे । प्रतिष्पर्धीहरुले जनतासँग मत माग्न आउने कुनै आधार समेत नरहेको उनले जिकिर गरेका छन् । आफू प्रदेश सांसद रहँदा बकैयाको थुप्रै विकास निर्माणकालागि आवश्यक बजेट विनियोजन गर्न पहल गरिएको उनले उल्लेख गरे । कतिपय योजनाहरु निरन्तर अगाडि बढाउनुपर्ने खालको भएको हुँदा पुनः जिम्मेवारी लिन आफ्नो उम्मेदवारी रहेको उनले बताए । सभाअघि बकैया – ५ का विभिन्न टोलमा घरदैलो गर्दै मतदाता समक्ष दुबै उम्मेदवारले मत मागेका थिए ।

 

 

 

Open photo

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...