pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मत माग्न ब्यस्त

Loktrantik-Bam-Gathabandh-1668168418.jpg

लोकतान्त्रिक बाम गठबन्धन मकवानपुरका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु जनताको समस्या बुझ्दै घरघर पुगी भोट(मत) माग्न व्यस्त छन् । यसैबिच, प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले शुक्रबार हेटौंडा उपमहानगरपालिका १ मा घरदैलो अभियान गर्नुभएको छ । हेटौंडा १ को चाइनाक्वाटर देखी जरुवाटोल हुँदै चौकिटोलसम्म मत माग्दै घरदैलो अभियान गरिएको थियो । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले घरघरमा पुगी जनतासँग प्रत्यक्ष रुपमा मत माग्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । भेटघाट क्रममा स्थानीयवासीले जितका लागि शुभकामना दिदै आफ्नो क्षेत्रमा विकास, निर्माणसँगै सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिदिन आग्रह गरेका थिए । यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले भीमफेदी गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनाब प्रचारप्रसारका क्रममा कार्यक्रम आयोजना गरेको छ । भीमफेदी गाउँपालिका ८ ईपा, भीमफेदी ५ सोलुभञ्ज्याङ र भीमफेदी ७ कोगटेमा चुनाबी कोणसभा सम्पन्न गरेको हो । कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तान लगायतले सम्बोधन गरेका थिए । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले देश र जनताका लागि सडक आन्दोलनमा उत्रेका र जेल परेकाहरुको गठबन्धन भएकाले ढुक्कले भोट हाल्न आग्रह गर्नुभयो । ‘हामी देश र जनताको लागि लडनेहरुले नै गठबन्धन बनाएका छौ’, उहाँले भन्नुभयो, ‘आकाशे सपना देखाउने, हावाबाट बिजुली निस्कीन्छ, रेल आउँछ भन्ने एमालेलाई विश्वास नगर्नुस्, अब जे गर्छ गठबन्धनले गर्छ ।’ मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धन सरकार आएपछि मात्र विकासको कामले गति लिएको भन्दै गठबन्धनलाई भोट दिनुपर्नेमा जोड दिनुभयो । ‘जसलाई हामीले आफ्नै जिल्ला मकवानपुरको भनेर मुख्यमन्त्री(एमाले) बनायौ, तर उसैले यस क्षेत्रको विकासको लागि बजेट दिएन,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकार आएपछि छोटो समयमा पनि विकासको कामहरु भएको छ, अब फेरी गठबन्धनको सरकार आउँछ यहाँको विकास हुन्छ, त्यसैले मतको सदुपयोग गर्न गठबन्धनलाई नै भोट दिनुहोला ।’

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Loktrantik-Bam-Gathabandh-1668168421.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...