pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

लामिछानेद्वारा प्राज्ञिक वर्गसँग छलफल, काँग्रेसले विचारसँगै विकासको नेतृत्व गर्छ-:लामिछाने ।

1645698218342-1645698457.jpg

हेटौंडा/ नेपाली काँग्रेस मकवानपुर यहीको फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका जयराम लामिछानेले विचारसँगै जिल्लाको समग्र विकासको नेतृत्व गर्ने बताउनुभएको छ ।
पार्टीलाई वैचारिक र सांगठनिक रुपमा चलायमान बनाउने बताउँदै उहाँले आफू सभापतिमा निर्वाचित भएपछि जिल्लाको विकासको समेत काँग्रेसले नेतृत्व गर्ने बताउनुभयो 
पार्टी संगठन विस्तार, वैचारिक रुपमा सशक्त पार्टी निर्माण र जिल्लाको विकास आगामी योजनाहरुको बारेमा हेटौँडामा बुधबार लोकतान्त्रिक विचार निकट प्राध्यापक, कानुन व्यवसायीलगायत प्राज्ञिक समुदायसँग छलफल गर्दै उहाँले प्राज्ञिक समुदायसँगको छलफल र अन्तरक्रियालाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।  
उहाँ आफू नेतृत्वमा आएपछि प्रशिक्षण अभियान सञ्चालन गर्ने र विचारको राजनीति गर्ने बताउँदै समृद्ध काँग्रेस, सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर अन्तरक्रिया सुरु गरेको सुनाउनुभयो ।
कार्यक्रममा नेपाली लेखक संघका  केन्द्रीय सदस्य ह्याग्रीव आचार्यले अहिलेका काँग्रेसहरुले वीपीको नाम सुनेको तर उनको विचार  र सिद्धान्तहरु अनुसरण नगरेको बताउनुभयो । आचार्यले काँग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक काँग्रेसीले वीपीको विचार अध्ययन गर्ने र वीपी विचारबाट प्रशिक्षित गर्ने गरी कार्यक्रमहरु तय गर्न सुझाउनुभयो ।
डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले मकवानपुरमा काँग्रेसको आकार बढेको तर विचारको आकार नबढेकोले प्राज्ञिक समुदायसँग छलफल गरी काँग्रेस वैचारिक र विकासमा नेतृत्व गर्ने काँग्रेस निर्माण आवश्यक भएको बताउनुभयो ।  

त्यस्तै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पार्टीमा योगदान गरेकाहरुको सम्मान गर्ने परिपाटी आवश्यक भएको भन्दै पार्टीमा सबै विचारको सम्मान हुनुपर्नेमा जोड दिनुभयो l
अधिवक्ता कृष्णप्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने काँग्रेसको नेताहरुमा रहेको प्रवृत्तिलाई लामिछाने नेतृत्वको काँग्रेसले सुधार गर्ने अपेक्षा लिएको बताउनुभयो । 
नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले जिल्ला अधिवेशन अघि पेशागत संगठनसँग नागरिकका अपेक्षा, आगामी योजना र रणनीतिका बारेमा छलफल गर्ने असल अभ्यासको थाली भएको बताउनुभयो । 
कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, केशव आचार्य, विजय ठाकुर, उमेश अर्याल, कानुन व्यवसायीहरु कृष्णप्रसाद अर्याल, आरके मैनाली, मोहन ढकाल, रमा चौलागाई, शिक्षक संघका दीपकलाल खतिवडाले काँग्रेसले जनताका आवाजलाई मुखरित गर्नुपर्ने भन्दै वैचारिक रुपमा सशक्त काँग्रेस आवश्यक भएकोमा जोड दिनुभएको थियो । 
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल ’माइकल’, काँग्रेस नेतृहरु उमा दाहाल, रिता खनाल, तारा कार्की राई, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीलगायत कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका लामिछानेको समुहबाट उपसभापतिद्वयमा आनन्द कठायत र धर्म लामिछाने, सचिवद्वयमा भीमसेन महत र इश्वर पाठक तथा सहसचिवमा इन्दिरा न्यौपानेले यसअघि नै उम्मेदवारी घोषणा गर्नुभएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...