jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

लमजुङमा हेबीवेट नेताबीच राेमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Untitled-1-copy-1665468505.jpg

कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै राेजे । ०७४ काे निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले-माओवादी गठबन्धनकाे साझा उमेदवारकाे रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलाे मनाङ भएर पनि उनले कर्मथलाेकाे रूपमा लमजुङलाई राेजेका छन् ।

यसपालि पृथ्वीसुब्बा गुरूङकाे चाहना प्रतिनिधिसभाकाे उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ काे प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री बन्ने साैभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनकाे सपना थियाे । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।

लमजुङमा आयाेजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेकाे थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाकाे निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

साेचेजस्ताे सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाकाे हकमा पनि त्यस्तै भयाे । फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाकाे उम्मेदवार बनायाे पार्टीले । पछिल्लाे समय गुरूङभन्दा पनि ओलीकाे नजिक बनेका खगराज अधिकारीले गण्डकीकाे मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाकाे टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाकाे उमेदवार बन्न पुगेका छन् ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीकाे काेपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् । लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियाे, तर प्रतिनिधिसभाकाे निर्वाचन उनका लागि फलामकाे च्युरा चपाउनुसरह मानिएकाे छ ।

प्रदेश सभा ख उनकाे आफ्नै क्षेत्र हाे, क्व्हाेंलासाेंथार उनकाे गृह गाउँपालिका हाे, जहाँ उनकाे पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेकाे छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाकाे निर्वाचन लड्न सहज थियाे । उनकाे चाहना पनि त्यही थियाे, तर घलेले प्रदेश सभा क काे टिकट पाएका छन् ।

देव गुरुङलाई पनि कांग्रेसकाे भर हाे । कांग्रेसका मतदाताले उनलाई कतिकाे साथ दिन्छन्, त्याे हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लाे समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएकाे स्थानीय निर्वाचनले पनि यही संकेत गरेकाे छ । यसकाे फाइदा उनलाई हुने सम्भावना छ ।  

देव गुरुङ याेसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारकाे रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ काे चुनावमा वाम गठबन्धनकाे साझा उम्मेदवारकाे रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङकाे याे सातौं निर्वाचन हाे । २०४३ सालमा राष्ट्रिय पञ्चायतकाे चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ काे निर्वाचनमा पराजय भाेगेका उनले ०६४ काे पहिलाे संविधानसभाकाे निर्वाचनमा चुनाव जिते । ०६३ काे जनआन्दाेलनपछि बनेकाे सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयाे । त्यसपछि दाेस्राे संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ काे प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनकाे तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशकाे पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पाए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेकाे छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेकाे छ । स्थानीय निर्वाचनकाे नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...