pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

रणनीतिक चतुर खेलाडी प्रचण्ड !

Screenshot_20220227-16204-1645958181.png

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई बलियो रणनीति बनाउनसक्ने नेताका रुपमा प्रस्तुत गर्दै आएका छन् । उनी स्वयंले सार्वजनिक रुपमै रणनीति आफूसँग रहेको बताइसकेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावना र स्टन्टको भरमा चल्ने बताउने गरेका छन् । उनले अन्य शिर्ष नेतालाई पनि खासै प्रभावकारी देख्दैनन् । रणनीतिक चार्तुयताका बलमा जस्तोसुकै खेल उल्टाउने क्षमता प्रचण्डले देखाउँदै आएका छन् ।
यसपटक एमसीसीमा प्रचण्डले रणनीतिक चार्तुयता देखाएका छन् । २९ सेप्टेम्बर २०२१ मा एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले संयुक्त पत्र लेखेका थिए । पत्रमा एमसीसीबारे निकास दिन पाँच महिनाको समय मागिएको थियो ।
घटनाक्रमले एमसीसी अनुमोदन गर्ने सर्तमै सत्ता गठबन्धन बनेको खुल्दै गएको छ । यसलाई आजको सत्ता गठबन्धनका नेताहरुको निर्णयले पुष्टि गरिसकेको छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले धेरै राजनीतिक बार्गेनिङ गरेर एमसीसी अनुमोदन गर्ने पक्षमा निर्णय लिए ।
एमसीसी टेबल गर्ने सर्तमा समेत प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव ल्याउन सफल भए । प्रचण्ड संवैधानि निकायको नियुक्ती अदालतबाट खारेजी चाहन्थे । अर्कोतर्फ, माधवकुमार नेपालसहित १४ सांसदको पदमुक्त गराउने योजनालाई तुहाउन खोजिरहेका थिए । महाभियोगले उनले एउटा तीरबाट धेरै शिकार गरे ।
एमसीसी टेबल गराएपछि पनि प्रचण्डले राजनीतिक लेनदेनहरुका लागि बार्गेनिङ गरिरहे । देउवा कुनै हालतमा सत्ता गठबन्धन जोगाउन चाहन्छन् भन्ने बुझेका प्रचण्डले प्रतिनिधि सभा चुनावमा गठबन्धन कायमै राखेर जाने सुनिश्चितता चाहन्थे । त्यसका लागि काँग्रेस र बाँकी दलहरुलाई कति कति प्रतिशत भन्ने विषय थियो । यसमा भद्र सहमति बनेको बुझिएको छ ।
धेरैवटा राजनीतिक लाभ लिएर प्रचण्ड बल्ल अगाडि बढे । अब प्रचण्डकै चाहना अनुसार संवैधानिक निकायका नियुक्तिमाथि अदालतबाट महत्वपूर्ण फैसला आउने सम्भावना बढेको छ ।
बानेश्वरमा भातृ संगठनलाई विरोधमा पठाएर प्रचण्डले एमसीसीविरुद्ध माहोल तयार गरिरहे । उनले आफूलाई राष्ट्रवादी जसरी प्रस्तुत गरे । अन्तमा यू टर्न भए । व्याख्यात्मक विश्लेषण को खोल राखेर एमसीसी अनुमोदनको निर्णय लिएर धेरैवटा राजनीतिक लाभ लिन सके ।-रिपोर्टस न्युज अनलाइन बाट

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...