pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

यथास्थितिमा एमसिसि स्वीकार नहुने माओवादी केन्द्रका नेता सुर्य सुबेदीको भनाई

Screenshot_20210911-07064-1631323389.png

२५ भदौ /नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठक आज हेटौंडाम सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज सुर्य सुवेदी पथिकले जनआधारित पार्टी निर्माण अभियानमा जुटेको बताए । शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख संबैधानिक ब्यवस्थालाई स्थापित गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाई छ । यथास्थितीमा एमसीसी स्वीकार नगर्ने पार्टीको नीति रहेको सहइन्चार्ज सुवेदीले जानकारी दिए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले पार्टीको स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रको सम्मेलन गरेर चुस्त क्रान्तिकारी पार्टी निर्माण गर्ने बताए । ‘हामी पार्टीलाई सुदृढ बनाउँदै समाजवादमा पुग्ने लक्ष्य रहेको छ’, उनले भने ।

नेकपा एमालेसँगको एकता गलत नभएको बताउँदै दाहालले एमालेभित्र रहेको घोर दक्षिणपन्थी बिचारक नेताहरु हाबी भएकाले एकता असफल भएको दाबी गरे । उनले पार्टी एकता भत्किनुको प्रमुख कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।

बैठकले पार्टी सदस्यता नवीकरण गराउदै पार्टीको सेल हुँदै वडा, गाउँ /नगर सम्मेलन, जबस मोर्चाहरुको भेला/सम्मेलन अभियानलाई निरन्तरता दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)ले बताए ।

पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान, प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटि सदस्य ओम ग्लान, सर्केश घलान, ललित ग्लान, बिर बहादुर घलान लगायतको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...