jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मुलुकको संकट समाधान गर्न काँग्रेस र कम्युनिष्ट मिलेर अघि बढेका छ : नेता पुलामी

xintu-dai-1667475826.jpg

हेटौंडा, १७ कात्तिक/नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर निर्वाचन क्षेत्र १ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जुन–जुन बेला मुलुकमा संकट आइपरेको छ, त्योबेला काँग्रेस र कम्युनिष्ट मिलेर जाने गरेको बताउनुभएको छ । 

बिहीबार बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारमा लोकतान्त्रिक बाम गठबन्धनको चुनाब प्रचार–प्रसार समिति कार्यालयको उद्धघाटन गर्दै ‘छिन्तु’ मुलुकको संकट समाधान हेतु गठबन्धनले जित्नैपर्ने र त्यसका लागि प्रतिनिधिसभातर्फ रुख र प्रदेशसभातर्फ गोलाकारभित्रको हँसिया हथौडालाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।

उम्मेदवार ‘छिन्तु’ ले अघिल्लो चरणको भोट यो देशको व्यवस्था बदल्न लागि मागेको र अबको भोट अवस्था बदल्नका लागि माग्न आएको जिकिर गर्नुभयो । 

बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटि बागमती गाउँपालिका वडा नं. २ संयोजक डोर बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. १ की उम्मेद्वार महालक्ष्मी उपाध्याय (डिना), नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बिजय गौतम, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घन प्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति दामोदर खनाल नेकपा एकीकृत समाजबादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...