Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी थाहा नगरको बिस्तारित बैठक सम्पन्न ।

Screenshot_20220822-19071-1661174620.png

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता तथा माओवादी केन्द्रका  पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्ट ,बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु,प्रदेश बिशेष उपाध्यक्ष प्रलोक पाण्डे ,प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श ,प्रदेश सदस्यहरु लवशेर बिष्ट ,ज्योति रायमाझी ,इन्द्र बहादुर श्रेष्ठ ,वीर बहादुर घलान ज्वाला,लगायत जिल्ला समन्वय समिती सदस्यहरु,जनबर्गिय संघसंगठनका प्रमुख हरुको उपस्थिति रहेको थियो।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश बिशेष उपाध्यक्ष प्रलोक पाण्डेले मकवानपुरमा पार्टी कमजोर नरहेको स्पष्ट पार्दै,थाहाले अन्य पालिकालाइ सन्देश दिनुपर्ने बताउनुभयो साथै वहाँले आगामी निर्वाचनमा सैद्धान्तिक र दर्शनको कुरा होइन अब जनतालाई जीवन व्यबहार चल्ने आत्मनिर्भरता को एजेन्डा चाहियकोले चुनावमा तेहि नारा लियर जानुपर्नेमा जोडदिदै ,"नेतृत्वमा बस्नेले भनेको मान्नैपर्ने यो माओवादीको रोग हो यस्लाइ बेलैमा निराकरण गर्नु अबको आबश्यकता रहेको औल्याउँनुभयो।अर्का अतिथि माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुले साम्राज्यवादले नेपालमा कम्युनिस्ट पार्टी एक हुनै नदिने रणनीति लियको हुँदा जुट्नु भन्दा फुट धेरै भएको बताए । छिन्तुले नेपालमा पनि काङ्ग्रेस लाई ठूलो पार्टी बनाइदियर कम्युनिस्ट हरुलाइ एक हुन नदिने रणनीति साम्राज्यवादी हरुको नितिनै भयको भन्दै काङ्ग्रेस लाई ठूलो बनाउन भन्दापनी सङ्घियता बचाउनको निम्ति काङ्ग्रेस सङको गठबन्धन अपरिहार्य र आबश्यकता रहेको बताए ।
अर्का नेता माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्टले पार्टी एकजुट बनाउन पार्टी निर्णय लाई लागू गर्नुपर्ने तथा सम्पुर्ण नेताकार्यकर्ताले साझा एजेन्डा बनायर जानुपर्नेमा जोड दिदै  मङ्सिर ४ को निर्वाचनमा केन्द्रित हुन सम्पुर्ण नेता कार्यकर्ता लाई आग्रह गरे । तेसै गरि प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानले चुनावमा घात गर्ने बिरुद्धमा प्रमाण जुटाएर उजुरी गरे  कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै ,पार्टी कमिटीलाई पनि नेपालको संविधान जस्तै कानुनी रुपमा लैजान अभ्यास गर्न आग्रह गर्नुभयो नेता मोक्तानले ,नगर पार्टी भित्र संसरदिय समिती बनायर पालिकामा जनप्रतिनिधि हरुले गर्ने कार्यको अनुगमन गरि खवरदारी गर्न सुझाव दिदै पार्टी र सत्तालाई एकरुपतामा चलाउन आग्रह गर्नुभयो साथै वहाँले सत्ता र पार्टी बिचको  अन्तर्बिरोधका  कारण समस्या उत्पन्न हुने भन्दै खवरदारीले समस्या न्यूनीकरण हुने बताउनुभयो। बैठकमा अध्यक्ष बिनोद लामाले आफ्नो राजनैतिक प्रतिबेदन पेश गरेका थिय।साथै बैठकले आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको वडा बैठक गर्ने पनि निर्णय गरेको छ।

Screenshot_20220822-19074-1661174623.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...