pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र थाहानगर सम्मेलन -: उद्घाटन सक्कियो ,बन्दसत्र जारी ।

नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनको उद्घाटन सत्र सक्कियको छ।नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य लीलामणि पोखरेलले उद्घाटन गर्नुभएको सम्मेलन नगर अध्यक्ष अरुण रायमाझी को सभाअध्यक्षता मा सम्पन्न भयो।उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार परिषद सदस्य रामनारायण बिडारी ,नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा प्रदेस साम्सद प्रेम बहादुर पुलामी छिन्तु,माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ,केन्द्रिय सल्लाहकार परिषद सदस्य भुबन प्रकाश बिष्ट ,प्रदेश सदस्य बिस्णु बिष्ट आदर्श ,जसपा बागमती प्रदेश सदस्य ज्योती रायमाझी ,जसपा बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,थाहा नगर प्रमुख,लबशेर बिष्ट ,माओबादी जिल्ला सदस्य सरोज कुमार खनाल,नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्ग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी ,एकीकृत समाजबादी बागमती प्रदेश सदस्य कल्याण बिक्रम घलान,जसपा का बागमती प्रदेश सदस्य धुर्ब राज ढकाल लगायत का अतिथिहरुको उपस्थिति रहेको थियो।                       उद्घाटन सत्रलाइ शुभकामना दिनुहुदै नेकपा एमाले का नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ले सम्मेलन ले जुझारु नेतृत्व चयन गर्ने आश राख्दै शुभकामना दिनुभयो।तेसै गरि आजै पार्टी प्रवेश गर्नुभएको जसपा नेता ज्योति रायमाझीले पद र प्रतिस्ठा भन्दा बिचार ठूलो हुनेभएकोले लाभको पदभन्दा बिचारको राजनिती गर्न आग्रह गर्दै,राजनीतिमा तारबार लगाएर नहुने भन्दै पुरानै घरमा फर्कदा आनन्द आएको बताउनुभयो।                                                       तेसैगरी शुभकामना मन्तव्य दिनुहुदै माओवादी केन्द्रका सल्लाहकार परिषद सदस्य भुबन प्रकाश बिस्टले उर्जाशिल ब्यक्तिहरुले नै पार्टी हाक्ने भएकोले योजनाबद्ध तरिका र दस्तावेजमा आधारित भएर पार्टी चलाउन र बिकास निर्माणमा पनि पार्टी लाई जोड्दै लैजान नया नेतृत्व लाई शुभकामना दिनुभयो।अर्का अतिथि प्रेम बहादुर पुलामी छिन्तुले समाजबादी ब्यबस्था ल्याउने अभियानमा माओबादी लागेको ले कमल थापा जस्ता तत्व सङ मिलेर ओलि ले नेपाली कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको र तेस्लाइ परास्त गर्न माओवादी को नेतृत्व को खाचो रहेको औल्याउँनुभयो।तेसैगरी शुभकामना दिनुहुदै सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ले अब बन्ने नगरको नयाँ नेतृत्व ले पार्टी लाई नया ढंगले लान सकोस भनेर शुभकामना दिनुभयो।शुभकामना दिदै अर्का अतिथि रामनारायण बिडारीले थाहा का जनतानै जनमुखी भएको बताउदै ,माओवादी को नेतृत्वमा आएको उपलब्धि लाई जनतामाझ लैजान युवा ,महिला,किसान,विद्यार्थी अगाडि बढ्नुपर्ने बताउदै नयाँ नेतृत्व समाबेशी बनाउन शुभकामना दिनुभयो।                                                           प्रमुख अतिथि लीलामणि पोखरेलले पहिलो संविधानसभा बाट देसकै ठुलो पार्टी बन्दा पनि त्यो उपलब्धि को रक्षा गर्न नसकेको स्विकार्दै ,माओबादिले खोजेको ब्यबस्था अझै आइनसकेको ले तेस्को लागि अर्को आन्दोलन को खाचो रहेको बताउनुभयो।साथै वहाले सासकिय स्वरुप परिवर्तन नहुन्जेल को लागि माओवादी ले संविधान सङ सम्झौता गरेको बताउनुभयो।                                  अहिले जेसिज हल मा बन्दसत्रको कार्यक्रम हुँदै छ भने सत्र ले ६५ सदस्यीय नगरकमिटी चुन्ने निर्बाचन कमिटी का सदस्य निरन्जन अधिकारी ले बताउनुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...