jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओबादी मकवानपुरको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान शुभारम्भ

FB_IMG_1677659882259-1677659910.jpg

हेटोंडा, १७ फागुन/नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको शुभारम्भ गरेको छ ।
मंगलबार जिल्ला पार्टी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रम बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुभारम्भ गर्नुभएको हो ।
जमकट्टेलले हालसम्मको राजनैतिक उपलब्धी माओबादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत बिकास गर्नकालागि क्रियाशिल हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन बिशेष योजना तयार गरी सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्वन्धलाई जनस्तरमा सुदृढ गरी बिकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सल्लाह, सुझाव रचाहना अनुसार पार्टीको गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो । 
अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताउनुभयो । लामिछानेले अभियानका क्रममा शहीद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्व जनमुक्तिसेना भेटघाट, पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता बितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीलाई बिकसित नयाँ प्रबिधि अनुरुप अगाडि बढाउने समेत बताउनुभयो ।   
पार्टीको दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशिल बनाई नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले बताउनुभयो ।
पार्टी जिल्ला समन्वय समिति संयोजक शर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मान कुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटि उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु लगायत पालिका कमिटि अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...