pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मन्त्री मण्डल हेरफेर गरेर तत्कालकाे विवाद समाधान गर्ने मनस्थितिमा ओली

download-1595494834.jpg

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनःगठन गरि नेकपा भित्रकाे तत्कालकाे विबाद समाधान गर्ने तयारी अघि बढाउनुभएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटिएर मन्त्रिपरिषद् पुनःगठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल भइसकेको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाउनुभएको छ ।

गत असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुग्नुभएको हो । अब पुनःःगठन गर्ने बेला दुई वर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभएको छ ।

मन्त्रिमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आउनुभएका वरिष्ठ नेता खनाल , उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतालाई मन्त्री वनाउने सम्भावना रहेको छ । पूर्व माओवादीबाट जर्नादन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल,पम्फा भुषाल र प्रभु शाहलगायतको मन्त्री बन्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्रीले पछिल्लो पटक गत मंसिर ६ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । उहाँले ६ जना मन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । त्यस्तै राज्यमन्त्रीहरुमा मोतीलाल दुगड (उद्योग, वाणिज्य तथा आपूर्ति), नवराज रावत(स्वास्थ्य तथा जनसंख्या) र रामवीर मानन्धर (सहरी विकास राज्यमन्त्री) लाई नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले केही राज्यमन्त्री परिवर्तन गरेर नयांँलाई राज्यमन्त्री बनाउने र आफ्ना सल्लाहकारहरुको समेत परिवर्तन गर्ने प्रधानमन्त्रीको तयारी छ । नेकपामा प्रदेशका मुख्यमन्त्री,पार्टीका प्रदेश इन्चार्ज र प्रदेशका मन्त्रीहरु समेत परिवर्तन गर्ने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।अहिले प्रधानमन्त्री ओलीको क्याबिनेटमा २५ जना मन्त्री रहेका छन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...