jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता

FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता , बिद्यार्थी माझ सर्बाधिक लोकप्रिय बिधार्थी नेता छोईसाङ लामाको आगमन भएकोछ ।

उनि लामो समय देखीको अनेरास्ववियुको एक छत्र राजलाई टोड्न सफल भएको हुन् । यो सङ्गै अब मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नेतृत्व उदय भएकोछ । अर्थात छोईसाङ लामाले स्ववियुको नेतृत्व गर्नेछ ।

निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेद्बारलाई १३१ मतले पछि पार्दै अखिल क्रान्तिकारीले नेतृत्व हात पारेको हो । अध्यक्षका उम्मेद्बार लामाले ८१३ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका अर्का उम्मेद्बार नमराज शर्माले ६८२ मत ल्याए ।

अध्यक्षमा जित हासिल गरिसकेपछी लामाले चुनावमा आफ्नो टिमलाई भोट हाल्नुहुने सबै बिद्यार्थीलाई धन्यवाद दिदै चुनावमा प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सम्पुर्ण पक्षलाई धन्यवाद दिए ।साथै चुनाव जितिसकेपछी अझ जिम्मेवार थपिएको भन्दै समग्र बिद्यार्थी आन्दोलन , हक हित र अधिकारको पक्षमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने साथै बिद्यार्थीको असल साथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सचिवमा उनकै प्यानलबाट बर्षाद घिमिरे बिजयी भएकाछन् । कोषाध्यक्षमा अनेरास्ववियुकि उम्मेद्बार हिमानी कुमारी सुवेदी बिजयी भइन् । सदस्यहरुमा प्रसिद्ध रेग्मी,प्रशन श्रेष्ठ ,कुशल पराजुली,दिपेश कार्की र झरमा थिङ रहेकाछन् ।त्यस्तै गरि बिजयी भएका सदस्यहरुमा नारायण पुडासैनी ,सुजन सिल्वाल र राहुल डिम्डुङ रहेकाछन्।

समानुपातिक मत परिणाम तर्फ पनि अखिल क्रान्तिकारी नेतृत्वको प्यानलले बढी मत ७८० प्राप्त गरि ५ सदस्य सुनिस्चित गर्न सफल भएकाछन् । अनेरास्ववियु नेतृत्वको प्यानलले ७६९ मत प्राप्त गरे ।

मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीसंग नेबिसंघ र राप्रपा बिद्यार्थी संघ गठबन्धनमा थिए भने अनेरास्ववियु , अनेरास्ववियू र बिप्लब क्रान्तिकारीसंगको गठबन्धनमा गरि दुई प्यानल भई बिद्यार्थी प्रतिस्पर्धामा होमिएका थिए।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...