pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुर एमालेमा फेरि खटपट

Amale-1646913522.jpg

नेकपा एमाले मकवानपुरमा खटपट देखिएको छ । हिजो बुधवार जिल्ला कमिटी बैठकले नयाँ सदस्यहरुको मनोनयन र जिम्मेवारी बाँडफाँड गरेपछि नेताहरुमा तीब्र असन्तुष्टि देखिएको हो । सामाजिक सञ्जालमै पार्टी छाडिएको,जिम्मेवारीबाट बाहिरिएको,आफ्नो बाटोमा हिँडेको लगायत ब्यहोरा लेखेर उहाँहरुले असन्तुष्टि जनाइरहनु भएको छ । सामाजिक सञ्जालमा लेख्न आँट नगर्नेहरु समेत पार्टीमा असन्तुष्ट भएर बसेको बताइन्छ ।

 

 

‘कसैसङ्ग केही गुनासो छैन,गुनासो आफैसङ्ग छ,पश्चाताप आफैसङ्ग छ,राजनीति गर्न जानेकी रहेनछु र अब कोसिस पनि गर्दिन,भयो पुग्यो,अब धेरै नै भयो,विश्राम लिनुपर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ,अरुको हिसाबले होइन । आज कठोर भएर निर्णय गर्दैछु । घरपरिवार,जागिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य ।”

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना मान्छेहरुलाई निर्णायक ठाउँमा उभ्याउन गुटभित्र उपगुटका कारिन्दाहरु सक्रिय रहेको आरोप लागेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पुराना नेता एवम गत स्थानीय चुनावमा हेटौँडा उपमहानगरपालिका १ नं वडाबाट अध्यक्ष पदमा पराजित नेता उत्तम शर्मा न्यौपानेले लेख्नुभएको छ–‘लामो शृङ्खलाबाट बिदा हुने निर्णय गरेँ । बिगतदेखिका सहयोगी मनहरुमा साधुवाद ।’ वडामा त्यतिखेर आफ्नै टिमका अन्य सदस्यहरुले जित्दा उहाँले मात्रै हार ब्यहोर्नुपरेको थियो । अन्तरघातको दोष हालका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठमाथि लगाइएको छ ।

त्यसैगरी अर्का युवा नेता सानु लामाले फेसबुकमा ‘अहिलेसम्म मलाई योग्य ठानी विभिन्न जिम्मेवारी दिनुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । एकदम अत्यन्तै दुखद मनले एकदमै नचाहेर पनि बाध्यताले यस्ता खाले परिवर्तन हुनु पर्ने परिस्थिति निम्त्यायो जिन्दगीमा ! कोही कसैलाई कुनै खालको दोष नदिइकन कुनै हालतमा अब पार्टीको कुनै खालको गतिविधिमा संलग्न हुँदै नहुने सम्पूर्णमा जानकारी गराउन चाहन्छु,धन्यवाद । अबको दिनको मेरो जिन्दगी फरक हिसाबले चलाउने कोशिस गर्नेछु।’ भनेर लेख्नु भएको छ ।

महिला नेतृ एवम सामाजिक नागरिक अभियन्ता रमिला सापकोटाले पार्टी छाडेको दुई वटा स्टाटस लेख्नुभएको छ । उहाँ जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका नातेदार हुनुहुन्छ । उहाँले लेख्नुभएको छ–‘कसैसङ्ग केही गुनासो छैन,गुनासो आफैसङ्ग छ,पश्चाताप आफैसङ्ग छ,राजनीति गर्न जानेकी रहेनछु र अब कोसिस पनि गर्दिन,भयो पुग्यो,अब धेरै नै भयो,विश्राम लिनुपर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ,अरुको हिसाबले होइन । आज कठोर भएर निर्णय गर्दैछु । घरपरिवार,जागिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य ।” जिल्ला सचिवालय सदस्य भइसकेका र मेयर तथा उपमेयरको उम्मेदवारको रुपमा चर्चा पाएका अर्का नेता फुर्बा दोर्जे लामाले फेसबुकमा लेख्नुभएको छ–‘मकवानपुर जिल्ला पार्टी कमिटीको सङ्गठित जिम्मेवारीबाट बिदा लिने दिन पनि आएजस्तो लागेको छ है !’

बुधबारको बैठकमा २८ जना जिल्ला सदस्य मनोनित गरिएको र १३० सदस्यीय सल्लाहकार कमिटी बनाइएको बताइएको छ । केन्द्रीयता लादेर दुई महिनाअघि एमाले जिल्ला कमिटी घोषणा गरिएसँगै मकवानपुर एमालेमा असन्तुष्टि बढ्दै गइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...