pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरमा वडाध्यक्ष छाडेर जिससकाे प्रमुखमा उम्मेदवारी

lali-ghalan-makawanpur-1655186666.jpg

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष नै उम्मेदवार बनेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानको उम्मेदवारी परेको हो । उनी हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष हुन् ।

 

 

माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले मकवानपुरमा निर्वाचित माओवादीका जनप्रतिनिधि मध्ये सबैभन्दा वरिष्ठ भएकाले घलानलाई नै जिससमा पठाएको बताए । घलान बागमती प्रदेश सचिवालय सदस्य हुन् ।माओवादीले मकवानपुरभरीमा २ पालिका प्रमुख, ७ उपप्रमुख र २४ जना वडाध्यक्ष जितेको छ ।

यस्तै नेकपा एमालेबाट जिसस प्रमुखमा बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारी दर्ता भएको हो ।

 

गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिनाकुमारी थिङ लामाको उम्मेदवारी परेको छ । महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा एमालेले दुई अध्यक्ष र एक उपाध्यक्ष मात्र जितेको छ र समन्वय समितिमा उसको मात्र ३ मत छ । सत्तारुढ गठबन्धनको भने १७ मत छ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष घलान जिसस प्रमुख निर्वाचित भएमा यो वडामा उप चुनाव गर्नु पर्ने हुन्छ । अनलाइन खबरबाट

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...