Sunday, 19 May, 2024
राजनीति

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक

1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४० भन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।

वागमती गाउँपालिकाको झुरझुरेमा भएको  पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य  ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम्  वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हजारौं सहिदको बलिदानले बनेको माओवादी पार्टी नै जनताको सुखदुःखको साथी भएको बताईन् । उनले माओवादी पार्टी जनताकै साथमा रहेर जनताकै सेवामा तल्लिन रहेको उल्लेख गरिन् । 

कार्यक्रममा  नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा  नेकपा एमालेका  निर्मल राई, ज्ञानबहादुर राई, ज्योतिराम राई, भीमबहादुर राई, जितमान बल, सुजन तुम्सिङ, शेरबहादुर भोम्जन, श्रवण भोम्जन, सन्तबहादुर भोम्जन, बाबु बल,  टीकाबहादुर भोलन, शिव राई, नबराज थिङ लगायत रहेका छन् ।

साथै काङ्ग्रेसका औतारसिं घिसिङ, ज्ञानबहादुर थिङ, मानबहादुर रुम्बा, अमृत पाख्रिन, सरोज पाख्रिन, प्रेमबहादुर माझी, वीरबहादुर माझी लगायत माओवादी केन्द्रमा प्रवेश गरेक छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जित थापा र सुमन थापा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको एजेन्डामै देश चलेको र जनताको मर्म बुझ्ने पार्टी माओवादी भएको पार्टी प्रवेश गर्नेहरुले बताए । नवप्रवेशीहरुलाई स्वागत गर्दै 
मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण बढेको जिल्ला संयोजक भीम पाख्रिनले बताए ।

नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमको सञ्चालन सचिव रहरसिं थिङले गरेका थिए।

1713836085096-1713836112.jpg

world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...