pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरमा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश
एमालेबाट देश र जनतालाई धोकाः केन्द्रीय सदस्य मोक्तान

Maobadi-Makwanpur-(3)-1648888505.JPG

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कुमारी मोक्तानले माओवादीले एमालेसँग गठबन्धन गरेर देशमा विकास र समृद्धी ल्याउन खोजेपनि एमाले र अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई धोका दिएको आरोप लगाएकी छिन् । मकवानपुरगढी गाउँपालिकामा शुक्रबार निर्वाचन केन्द्रीत राजनैतिक, वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि उनले माओवादीकै एजेण्डा अनुसार प्राप्त संघीयतामा अन्य दल र नेताहरुले मोजमस्ती गरेर उल्टै माओवादीलाई दोष दिएको भन्दै नेकपा एमाले लगायतको चर्को आलोचना गरिन् ।


‘१४ वर्ष जेल परेको भनेर प्रधानमन्त्री बनाएको मान्छे(ओली) त एउटाको ज्यान मारेर पो जेल परेको रहेछ,’ उनले भनिन्, ‘कम्यूनिष्ट राजनीति र राजनीतिक मुद्दामा जेल परेको होईन रहेछ, अहिले फटाफट कुरा आईरहेको छ ।’ देश र जनताको मुक्ती, अधिकार र विकासको लागि गरिएको जनयुद्ध र माओवादीलाई बदनाम गरेर जनतालाई झुक्याउने काम भईरहेको भन्दै उनले तिव्र आक्रोश पोखिन् । ‘हामीलाई ज्यानमारा आरोप लगाई राखेको छ, १७ हजारको ज्यानमारा भन्दै धारे हात लाउँछन्,’ उनले भनिन्, ‘तर जस्ले भ्रष्ट्राचार गरेको छ, त्यसलाई भ्रष्ट्राचारी भन्न सकेनौ ।’
माओवादीको नेतृत्वमा देशमा ल्याएको संघीयता, गणतन्त्रबाट प्राप्त अधिकारलाई दुरुपयोग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको कर र राजश्वलाई व्यक्ति र पार्टीको सम्पती जसरी दुरुपयोग गरी भोट किन्न खोजेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिईन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले नेपालमा संघीयता, समावेशी, गणतन्त्र जोगाउन स्थानीय निर्वाचनमा माओवादी पार्टीलाई जिताउँनुको विकल्प नभएको जिकिर गरिन् ।


माओवादीकी केन्द्रीय सदस्य एवं मकवानपुरगढी चुनावी कमाण्डर मानकुमारी नेपालीले माओवादीले ल्याएको संघीयतामा एमाले र अन्य पार्टीले ब्रम्हलुट मच्चाएको भन्दै भ्रष्ट्राचार रोकी विकास गर्न चुनावमा माओवादीलाई जिताउनुपर्ने बताईन् । ‘माओवादीले ठुलो बलिदान गरेर ल्याएको संघीय व्यवस्थाको मायाँ माओवादीलाई मात्र छ, कुनै त्याग, तपस्या नगरी संघीयताप्रति विश्वास नभएको एमाले लगायतका दलले लुट मात्र मच्चाएका छन्,’ उनले थपिन्, ‘गाउँगाउँमा सेवा दिने संघीयता जोगाउँदै जनताको समस्या समाधान गर्न सक्ने क्षमता माओवादीसँग मात्र छ ।’
माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेमबहादुर पुलामीले एमाले जनविरोधीसँगै विकास विरोधी पनि भएको भन्दै अबको चुनावमा जनताले जवाफ दिने दाबी गरे । ‘विगत ३ बर्षसम्म एमाले पार्टीलाई गठबन्धन गरेर माओवादीले सुधार्न खोजेपनि सकेनौ, सधैं झुट र षडयन्त्र गर्ने दुष्ट एमालेलाई अब जनताले बदला लिनेछ ।’
कार्यक्रममा माओवादी केन्द्रका मकवानपुर संयोजक एवं बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला सचिव भीम पाख्रिन, जिल्ला सदस्य एवं मकवानपुरगढी ईन्चार्ज सरोज खनाल, मकवानपुरगढी सूचना प्रविधि संयोजक भरत सापकोटा लगायतले अबको चुनावमा माओवादीले मकवानपुरमा विजयको लाल झण्डा फहराउने भन्दै रोजगारी, विकास, सुशासन, शान्ति र राष्ट्रियताका लागि ढुक्क भएर माओवादीलाई भोट दिन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...