jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

मकवानपुरको ‘ठेकी’ लोप हुँदै

theki1-1694165688.jpg

मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ । 

सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा दरवारडाँडा सामुदायिक वनका पदाधिकारी, सदस्य र उपभोक्ताहरुले मकवानपुरको चिनारी ठेकी बनाउने दार लोप हुँदै गएको भन्दै सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्रको रुपमा विकास गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । 

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले ठेकी बनाउने दारका रुख बिरुवा लोप हुने अवस्थामा पुगेपछि आफूहरुले दारको संरक्षणमा अगुवाई गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, दरवारडाँडा सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर स्याङ्तानलगायतले दारको संरक्षण आवश्यक भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा दारका बिरुवा रोपण गर्ने क्षेत्रको सरसफाई, बिरुपा रोपणलगायतका काम गर्न डिभिजन वन राप्तीले दुई लाख रुपियाँ उपलब्ध गराएकोमा चालु आवमा दारको बिरुवा रोपण, गोडमेल, पुनः रोपण, घेराबारा, एक जना हेरालुको व्यवस्था, दारका पाँच हजार बिरुवाको नर्सरीलगायतका व्यवस्थापन गर्न दरवारडाँडा सामुदायिक वन उपभोक्ता समितिलाई पाँच लाख रुपियाँ प्रदान गरिने भएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको दारको संरक्षण गर्न नेपालमा पहिलो पटक दार पकेटक्षेत्र घोषणा गरेको दावी गर्दै वन डिभिजन प्रमुख आचार्यले दारको संरक्षण र प्रबद्र्धनका लागि पकेट क्षेत्रको कार्ययोजना बनेको बताउनुभयो । मकवानपुरका दुवै डिभिजन वन कार्यालयबाट मनहरीलगायतका स्थानमा गरी ३५ सयभन्दा बढी दारको बिरुवा रोपण गरिएको छ ।   राममणि दाहाल गोरखापत्र अनलाइन 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...