pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छ ः मन्त्री मोक्तान

309439777_619907189883128-1665925206.jpg

मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छ ः मन्त्री मोक्तान हेटौंडा,३० असोज वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताउनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताउनुभयो । मंसिर ४ गतेको चुनावपछी बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिती संझेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गर्नुभयो । रगतसंग साँटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तन भएको तर अब अबस्था परिबर्तनमा आफु लागिपर्ने उहाँले बताउनुभयो । सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संबिधान बनाएको र अब यहि संबिधानको रक्षाको लागि गठबन्धनको आबश्यक्ता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले जनाउनुभयो ।

रुखलाई हँसिया र कलमलाई हथौडा सम्झेर मतदान गर्नुस  एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले मकवानपुरका माओबादी कार्यकर्ताहरुलाई गठबन्धनमा मतदान गर्न निर्देशन दिनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो दलका उम्मेदवार नभएपनि गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्न कार्यकर्तालाई सुझाउनुभयो । बर्तमान आबश्यक्ताले गठबन्धन गरिएको औंल्याउदै उहाँले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनको लागि र साझा उम्मेदवारलाई आ—आफ्नो दलका उम्मेदवार सम्झनको लागि समेत सबैमा आग्रह गर्नुभयो । आफ्नो ५ बर्षिय सांसद कार्यकालमा संसद विकास कोषको रकमले आफ्नो क्षेत्रमा खास विकास भएको र बाँकी रहेको कार्यभार यसपटक पुरा हुने उहाँको भनाई रहेको छ । मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार रहेको र यही उम्मेदवारहरुको जित सुनिश्चित हुनुको साथै भाबी सरकार निर्माण प्रक्रियामा सहभागी भएर मकवानपुरको विकास हुने उहाँको भनाई रहेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...