Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

मकवानपुरको एक मात्र थाहा नगरको अल्लो कपडा उद्योग संकटमा

Untitled-1-copy-1525590024.jpg

मकवानपुरको एकमात्र थाहा नगरपालिका वडानम्बर, नयांगाउँमा संचालीत ऋषेश्वर महिला अल्लो कपडा उत्पादन उद्योग आर्थीक अभावको कारण संकटमा परेको छ ।

   ऋषेश्वर सामुदायिक वनका उपभोक्ता समिति थाहा नगरपालिका वडा नम्बर ३ र ४ का महिलाहरुको सक्रियतामा संचालित उद्योग वजार ब्यवस्थापन नहुनुका साथै उद्योगमा काम गर्ने मान्छे नहुँदा आर्थिक अभाव भैरहेकोले चलाउन मुश्किल परिरहेको वताइएको छ ।

   संस्थाका सदस्यहरु उद्योगमा भन्दा पनि घरमै ब्यस्त हुन थालेकोले व्यवसायमा निरन्तरता दिन नसके पछि २ जना अन्य कर्मचारी राखेर कपडा उत्पादन गरिरहेको उद्योग संचालक समुहकी अध्यक्ष हिरा लामाले  वताउनु भयो । वनमा कुहीएर खेर जाने अल्लोवाट उत्पादित कपडा देश तथा विदेशमा  वजारमा लैजाने सके मनग्य आम्दानी गर्न सकिने भएता पनि आर्थिक तथा काम गर्ने मान्छेको अभावले संकटमा परिरहेको छ । अध्यक्ष लामाले विगतमा सबैको सहयोगले काम गर्न हौसला मिलेको भएता पनि पछिल्लो समयमा कुनै पनि निकायले चासो नदिएकोमा दुःख ब्यक्त गर्नु भयो । मकवानपुरमै एक मात्र अल्लोको कपडा उद्योग भएकोले थाहा नगरपालिकाले यस्को प्रवर्धनका कार्यक्रम गर्नु पर्ने उहाँले वताउनु    भयो ।

   ऋषेश्वर सामुदायिक वनले आफ्नो उपभोक्तालाई आत्म निर्भर वनाउने उद्देश्यले २०६५ सालमा तालिमको आयोजना गरी अल्लोको कपडा उत्पादन सुरु गरेको हो । तालिममा सहभागि १५ जना मध्य ९ जना महिलाको समुहले ०६६ सालमा उद्योग दर्ता गरि कपडा उत्पादनलाई       निरन्तरता दिँदै आएका हुन् । भवन बनाउने काम देखि सम्पूर्णकाम महिलाहरुले गरेका हुन् ।

   जैविक विविधताको धनी ऋषेश्वर सामुदायिक वन क्षेत्रमा पहिचानको अभावमा खेर गईरहेको चिजवाट उपभोक्ताहरुले राम्रो आय आर्जन गर्न सकुन भनेर उद्योग संचालनको लागि सहयोग गरीएको ऋषेश्वर सामुदायिक वनका अध्यक्ष राजेश के.सी.ले वताउनु भयो । ऋषेश्वर सामुदायिक वनका अध्यक्ष राजेश केसीले अल्लोको कपडा उत्पादन गर्न सहयोग तथा हौसला प्रदान गर्दै आइरहेको भएता पनि उत्पादन गरिएका कपडा एकै पटक नबिक्ने भएकोले आर्थिक अभावमा भैरहेको अध्यक्ष लामाले बताउनु भयो ।

   उद्योग सञ्चालनका लागि जिल्ला विकास समिति, वन कार्यालय, घरेलु तथा साना उद्योग, तत्कालिन दामन गाविस, आर्थिक विकास सहयोग समिति लगायतको आर्थिक तथा प्राविधिक सहयोगमा थाहा नगरपालिका ४ नयां गाउँमा घर निर्माण गरि कपडा उत्पादन भैरहेको छ । नेपाल हस्तकला महासंघ, हेटौँडाको सदस्यता लिए पछि सिप विकास तालिम तथा बजार व्यवस्थापनको लागि वेला वेलामा हुने मेला तथा महोत्सवमा खवर आउने गरेको अध्यक्ष लामाले वताउनु भयो ।

   हाल रोटरी क्लब, हेटौँडाले दिएको ऋण र राष्ट्रिय वाणिज्य बैंकबाट ६ प्रतिशत ब्याजको सहुलियत ऋण लिई व्यवसाय सञ्चालन गरिरहेको भए पनि उत्पादन गरिएको सामान कतिखेर विक्ने ठेगान नहुने भएकोले किस्ता तिर्नलाई समेत समस्या परेको कोषाध्यक्ष पम्फा लामाले बताउनु भयो । तत्कालिन दामन गाबिस हुँदा आर्थीक लगायत आवस्यक सहयोग प्राप्त भए पनि नगरपालिका भए पछि अहिले खासै सहयोग नपाएको कोषाध्यक्ष पम्फा लामाले गुनासो व्यक्त गर्नुभएको छ ।

   अल्लोबाट विभिन्न डिजाइनका पर्स, झोला, कोट र पछ्यौराहरु बनाउन सकिन्छ । अल्लोबाट धागो निकालि कपडा बुन्नको लागि धेरै समय लाग्ने र झन्झटिलो हुने भएकाले अन्य कपडाको तुलनामा महंगो पर्ने गरेको भएता पनि यस्को महत्व बुझ्नेहरुले खोजि खोजि किन्न आउने गरेको अध्यक्ष लामाले वताउनु भयो । जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्ने भएकाले अल्लोबाट उत्पादित कपडा प्रतिमिटर ७ सयदेखि हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । सुगर र प्रेसर भएका व्यक्तिहरुलाई यो कपडा लगाउँदा राम्रो हुने बताइएको छ । बजारमा विभिन्न खाले हेर्दा आकर्षक सस्तो कपडाहरु मन पाराउने भएता पनि वनको जडीबुडीबाट हातैले बनाएको कपडा भनेर बुझ्नेहरुले सजिलै किन्ने गरेको र पर्यटकहरु आउँदा सहयोग स्वरुप ससाना पर्सहरु चिनो स्वरुप किनेर लैजाने गरेको अध्यक्ष लामाले वताउनु भयो ।

   कपडा तयार हुने बितिक्कै बजार व्यवस्थापन नभएकोले सोचे अनुसार आर्थीक लाभ लिन नसकिएको भन्दै समुह भित्रवाटै काम छोडीरहेको भएता पनि विभिन्न मेला तथा महोत्सवहरुमा राम्रो बिक्रि हुने भएकोले ऋण काढेरै भए पनि कर्मचारी राखिएको कोषध्यक्ष लामाले वताउनु      भयो । उचित वजार भएमा राम्रो आम्दानी हुने भएकोले केही कर्मचारी थप गर्ने निर्णय गरिएकोले इच्छुकलाई सम्पर्कमा आउन अनुरोध गर्नु भएको छ ।

  कपडा वनाउनका लागि चाहिने अल्लो झिरघारी सामुदायिक वनसँग लिने गरेको र ऋषेश्वर सामुदायिक वनमा उपलब्ध कागज बनाउने लोक्ता नामक जडिबुडी झिरघारी वन समितिलाई पठाउने सम्झौता गरिएको छ ।

के हो त अल्लो 

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । सिस्नो जस्तै देखिए पनि अल्लो १२ सय मिटरभन्दा माथि मात्रै पाइन्छ । यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । काण्डको बोक्राबाट प्राप्तहुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ ।

 

allo-1525590057.jpg
allo1-1525590057.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg