pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमाले को सरकार:-उपाध्यक्ष पुन

1746452085883-1746452100.jpg

बैशाख २२,हेटौंडा:- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको अहिलेको राजनीतिक अबस्था डामाडोल भएको बताएका छन् । वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाइ भए पनि देशमा सुशासन कायम हुन नसकेको उनले बताए ।


सोमबार हेटौंडामा योङ कम्युनिष्ट लिग (वाईसीएल) मकवानपुरको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिका कारण दलाल पुजीपतिहरुको मनोबल उच्च भएको जिकिर गरे। भ्रष्टचारीहरुलाई कारबाही गर्नुको सट्टा संरक्षणमा सरकार लागेको उनको आरोप छ । पूर्वउपराष्ट्रपति पुनले बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमालेको सरकार बनेको टिप्पणी गरे ।
उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताए । केही अदृष्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको उनको भनाइ छ । उनले ती शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्यापकरुपमा फैलिएको जिकिर गरे । देशको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने हस्तक्षेपकारीहरु संग ती शक्तिहरुको साठगाठ रहेको उनले उल्लेख गरे ।


उपाध्यक्ष पुनले आफू २ पटक उपराष्ट्रपति हुदा ती सञ्जालहरुलाई चिनिसकेको दाबी गर्दैै देश बचाउन त्यस्ता अदृष्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताए। उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएकोसमेत बताए । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको उनले दाबी गरे ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...