pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बिकास निर्माणको काम भनेर बोलाई पार्टी प्रबेश गराइएको भ्रम सृजना गरियो
आफु कांग्रेसमै रहेको शान्तिमाया रुम्बाको भनाई

असोज २३। नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि शान्तिकुमारी रुम्बाले आफूले नेपाली कांग्रेसमै रहेको बताएकी छिन् ।

कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा शनिबार पत्रकार सम्मेलन गर्दै रूम्बाले आफूलाई विकास निर्माणको कार्यक्रम बारे छलफल गर्न भन्दै बोलाएर नेकपा एमाले प्रवेश गरेको भनि भ्रम फैलाउन खोजिएकोप्रति आपत्ति समेत जनाइन् ।

कांग्रेस भीमफेदी गाउँपालिका सदस्य एवं क्षेत्रीय प्रतिनिधिसमेत रहनुभएकी रुम्बाले प्रेस विज्ञप्ती निकाल्दै आफू नेपाली कांग्रेसमा रही निष्ठापूर्वक पार्टीको विभिन्न सांगठानिक गतिविधिहरुमा हिजोदेखि लागिरहेको र निरन्तर लागिरहने बताइन् ।

केहीदिनअघि विकास निर्माणको कार्यक्रमबारे छलफल गर्न भन्दै भीमफेदी ९ झिरघारीमा बोलाईएको भेलामा उपस्थित हुँदा कांग्रेसको प्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्ने समाचारहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशित भएकोबारे खण्डन गर्दै रुम्बाले शनिबार पत्रकार सम्मेलन गरेर आफू कांग्रेसमै रहेको प्रष्ट पारिन् ।

उता भिमफेदी गाउँपालिका अध्यक्ष तथा एमाले नेता हिदम लामाले आफ्नो फेस्बूक(सामाजिक संजाल) मार्फत शान्ति रुम्बा सहित सिङै गाउँ नै एमालेमा समाहित भएको उल्लेख्य गरेका छन ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला सदस्य मिरा स्याङ्तान, हेटौंडा उपमहानगरपालिका सभापति उत्सव ईटेनी, निवर्तमान नगर सभापति आनन्दराम पराजुली, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, उपसभापति सुमित्रा थिङ, सहसचिव मञ्जु भ्लोन, भीमफेदी ५ का वडा सभापति अंकित पुडासैनी, ९ नम्बर वडा सभापति राजकुमार पुडासैनी, गोपी बललगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...