pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बाटो विराएर गएकालाई माओवादी केन्द्रमा फर्कन प्रचण्डको आव्हान

party-prabesh-1649814111.jpg

नेकपा माओवादीका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कारण र समयमा बाटो बिराएर माओवादी छाडेर गएकाहरुलाई मुल पार्टी माओवादी केन्द्रमा फर्कन आव्हान गनर्नुभएको छ ।

पार्टी मुख्यालयमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीले उठाएको एजेण्डामै देश हिँडिरहेको र हाम्रा एजेण्डा नै स्थापित हुँदै गइरहेकाले शान्ति र विकासको लागि माओवादी नै एक मात्रै विकल्प भएकाले यही पार्टीमा फर्किन आव्हान गर्नुभएको हो । उहाँले माओवादीमा आएको फुट र विखण्डनले प्रतिक्रियावादी र परिवर्तन विरोधी शत्तिःहरु खुशी हुने भएकाले माओवादी शक्ति र घटकहरुको एकता आवश्यक भएको बताउनुभयो । उहाँले गणतन्त्रसंघियताधर्मनिरपेक्षतासमावेशी समानुपातिकता र सामाजिक न्याय र समानताका एजेण्डाहरु माओवादीले ल्याएकोले यसलाई उल्टाउन प्रतिक्रियावादीहरु मरिहत्ते गरेर लागेको बताउनुभयो ।

 

प्रचण्डले स्थानिय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु एउटा लडायँमा सगर्व उपस्थित हुने जस्तो भएकाले यतिवेला पार्टीमा प्रवेश गर्नेहरुलाई विशेष मुल्यांकन गरिने बताउनुभयो ।

उहाँले मोहन बैद्यबाबुराम भट्टराईनेत्र विक्रम चन्दगोपाल किराँतीहरुको नाम नलिइकनै जो जुन अवस्थामा रहेको भएतापनि मुल घर माओवादीमै फर्किनु नै राम्रो हुने बताउनुभयो । 

कार्यक्रममा  जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद  कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका थिए भने सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...