jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमती प्रदेशमा सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते ,

Bagmati-1536x866-1672677991.jpg

मकवानपुर — वाग्मती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख निर्वाचन मिति तय गरेको हो । सर्वदलीय सहमति अनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्न दलहरु सहमत भएका हुन् ।निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय भएको छ । सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेर अन्तिम रुप दिइन्छ । सभामुख र उपसभामुखको निर्वाचनपछि प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको हो । आज दिउँसो १ बजेका लागि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । बैठक बस्नुअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूची समेत तय गरेको छ ।

प्रदेशसभाको बैठकमा मन्त्रिपरिषद्‌बाट जारी भएका ५ वटा अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ । संसद नचलेको अवस्थामा भदौ १ गते जारी गरेको स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश–२०७९, प्रदेश निजामती सेवा अध्यादेश,–२०७९, असोज १२ गते जारी गरेको प्रदेश स्वास्थ्य सेवा ९पहिलो संशोधन० अध्यादेश–२०७९, असोज ३० गते जारी गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश– २०७९, प्रदेश कृषि विकास अध्यादेश–२०७९ पेश गर्ने कार्यसूची रहेको छ । थाहापाटीबाट ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...