jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमती गोल्डकप स् जावलाखेललाई हराउँदै भुटनीज क्लब फाइनलमा प्रवेश,

p1-1673707971.jpg

बागमती । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा भुटनीजले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।  उसका लागि खेलको पहिलो हाफको ३३ औं मिनेटमा प्रविन बस्नेतले गरेको गोल नै निर्णायक गोल बन्यो । 

खेलको दोस्रो हाफको २६ औं मिनेटमा सिमान्त थापाले रेड कार्ड पाएपछि जावलाखेल १० टिममा सिमित भयो । आजको खेलमा म्यान अफ दि म्याच भुटनीजलाई जित दिलाउने प्रविन बस्नेत घोषित भएका छन् । उनले नगद पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।  विहिबार भएको खेलमा भुटनीजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने जावलाखेलले पुष २४ गते भएको उद्धघाटन खेलमा आयोजक टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । 

भोली माघ १ गते दोस्रो सेमिफाइनल खेलमा मकवानपुर –११ र संकटा क्लबबीच खेल हुनेछ । फापरबारीस्थित जनता माविको प्राङ्गणमा दिउँसो २ बजे खेल हुनेछ । 

मकवानपुर–११ ले नेपाल पुलिसलाई २–१ गोल र संकटाले नेपाल एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । मकवानपुर र संकटाबीच खेलमा विजयी टिमले भुटनीज क्लबसंग माघ ३ फाइनल खेल खेल्नेछ । थाहापाटी,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...