Sunday, 19 May, 2024
बागमती प्रदेश

बागमतीमा विपद् प्रभावित कृषकलाई राहत रकम वितरण गरिँदै

baagamati-mantraalye-1698754944.jpg

 बागमती प्रदेश सरकारले विपद्बाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरणका लागि निवेदन माग गर्दै सूचना जारी गरेको छ ।

 

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षति व्यहोरेका कृषकलाई राहत वितरणका लागि निवेदन माग गरेको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालीन/आकस्मिक रोग/क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको योजना अनुरूप मन्त्रालयले निवेदन माग गरेको हो ।

कृषि क्षेत्रमा विपदवाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० बमोजिम राहत वितरण गरिने उनले बताए । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फर्महरूबाट आवश्यक कागजात सहित मन्त्रालय वा मातहतका कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

कार्यविधिको अनुसूची–३ अनुसारको निवेदन,  विपद्‍बाट भएको क्षति यकिन हुने स्थानीयको रोहवरमा भएको प्रहरीको घटनास्थल मुचुल्काको सक्कल वा प्रमाणित प्रतिलिपि,.  नेपाली नागरिकताको प्रतिलिपि, क्षतिको मूल्याङ्कन हुने कृषि प्राविधिकको प्रमाणित प्रतिवेदन, पीडित कृषक/संस्थाको बैंक खाता नम्बर प्रस्ट देखिने चेकको फोटोकपी सहित उक्त राहत रकम दाबी गर्न सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दर्ता गर्न मन्त्रालयले भनेको छ ।

त्यस्तै राहत रकम लिनका लागि कृषकहरूले संस्थाको हकमा दर्ता र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रतिलिपि, कृषक/संस्थाको प्यान/भ्याट नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस, कार्यालयको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, क्षति देखिने फोटो/ दृश्य/वृत्तचित्र, बिमा गरेको वा नगरेको स्थानीय तहको सिफारिस, अन्य निकायबाट राहत नलिएको स्थानीय तहको सिफारिस, बिमा गरे नगरेको र राहत नलिएको स्वघोषणा पेस गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । साथै रित नपुगी प्राप्त हुन आएका निवेदनहरू छनौटका लागि समावेश नगराइने मन्त्रालयले सूचित गरेको छ ।

कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० अनुसार माग दाबी अनुसार अधिकतम १० लाख रुपैयाँसम्म राहत रकम वितरण गरिने सूचना अधिकारी अधिकारीले बताए । उक्त कार्यक्रमका लागि मन्त्रालयले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा मन्त्रालयले १ करोड ५७ लाख रुपैयाँ राहत रकम कृषकहरूलाई उपलब्ध गराएको थियो ।

सो वर्षमा मन्त्रालयले ४१ जना कृषकहरूलाई राहत रकम उपलब्ध गराएको थियो । सो वर्षमा मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिहरूलाई राहत रकम किसानकै खातामा जम्मा गरिएको उनले बताए । जसमा चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको २–२ तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौँका एक–एक जना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको थियो ।

गत आर्थिक वर्षमा पेस भएका केही निवेदनहरू मन्त्रालयमा बाँकी नै रहेको र उक्त निवेदन माथि आवश्यक प्रक्रिया पुरा गरी राहत रकम वितरण गरिने उनले बताए ।

380375771_660343885915539_1852232658581324596_n


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...