jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बसन्तपुरको फोटो प्रदर्शनीमा थाहाका गणेश बिष्टको फोटो।

FB_IMG_1692458630231-1692458641.jpg

विश्व फोटोग्राफी दिवसको सन्दर्भमा काठमाण्डौंको बसन्तपुरमा आयोजित ‘तस्बिरमा बालबालिका फोटो’ प्रदर्शनीमा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश बिष्टले खिचेका तस्बिर पनि राखिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो स्थापनाको २५ वर्षको अवसरमा खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साहित बनाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको आयोजकले बताएको छ । फोटो प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्य समेत रहेका बिष्टको एकपाङ्ग्रे ठेलामा दुईजना बालबालिकालाई राखेर एकजना बालकले गुडाएको रमाईलो फोटो पनि राखिएको हो ।

बालबालिकामा खुसी ल्याउन प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । बालबालिकाहरू घुम्न, खेल्न आउने ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएको फोटो प्रर्दशन गरिएको बताउँदै उनले यसले बालबालिकामा थप खुसी छर्ने विश्वास व्यक्त गरे ।

सिविन नेपालको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको प्रदर्शनीमा २५ जना फोटोग्राफरहरुले विभिन्न जिल्लामा खिचेका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको ६० वटा तस्बिर राखिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । प्रदर्शनीमा बाल अधिकारको संरक्षण र प्रवद्र्धनका सन्दर्भमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने तस्बिरहरु राखिएको थियो ।

FB_IMG_1692458683288-1692458704.jpg
FB_IMG_1692458673277-1692458704.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...