pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बजेट निर्माणमा माओवादीले दियो मुख्यमन्त्रीलाई सुझाव, समावेशी नभए पास हुन नदिने चेतावनी

maobadi-1622545270.jpg

हेटौंडा । आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा ध्यान दिनु पर्ने कुरासहित नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको तर्फबाट वागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव पेश गरेको छ ।


नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको सरकारलाई माओवादीले क्षेत्रगत रुपमा सुझाव पेश गरेको छ । मुख्यमन्त्री पौडेललाई बागमती प्रदेश प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले आज सुझावपत्र पेश गरेका हुन् ।

सुझावमा समावेशीता र आवश्यकताका आधारमा आगामी आवको नीति तथा कार्यक्रम ल्याउन बगमती प्रदेश सरकारलाई सुझाव पशे गरेको प्रदेशका पूर्व मन्त्री तथा माओवादी नेता युवराज दुलालले जानकारी दिए । उनले भने– ‘सबै क्षेत्रलाई कसरी समावेश गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नु भनेर सुझाव दिएका छौं । दलको सुझाव समावेश हुने अपेक्षा छ ।’


बुधबार बसेको प्रदेशसभा बैठकमा दलका नेता जम्मकट्टेलले बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने निश्चित भएको भन्दै विपक्षी दलले पास हुन नदिने चेतावनी दिएका थिए ।


उनले भने–‘बजेट ल्याउँदा अलिअलि विवाद होला, मिलाएर पास गरौँला भन्ने सोचेको हुन सक्छ । म विपक्षी दलको नेताका तर्फबाट भन्छु, जस्तो सुकै मूल्य चुकाएर पनि बजेट पास हुन दिदैनौँ,’ जम्मकट्टेलले भने, ‘तपाईंहरूले कसरी बजेट ल्याउनु हुन्छ मलाई थाहा छ । नीति तथा कार्यक्रम तयार भइसक्यो । मन्त्रिपरिषद्बाटै पास हुन बाँकी छ । अब नयाँ योजना नो इन्ट्री भनिएको छ । नेताको घर हेरेर पारिएको योजना छ । कुनै हालतमा बजेट पास हुन दिदैनौँ ।’

बाईलाइन डट कमबाट

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...